काठमाडौँ, नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहका बिच राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् । उनको शपथ समारोहमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव,प्रधानमन्त्री,प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलगायतका विशिष्ट अतिथिहरूको सहभागिता थियो ।
सो अवसरमा राष्ट्रपतिले प्रधानसेनापतिलाई दर्ज्यानी चिह्न प्रदान गरेका थिए । भदौ १२ गते सरकारको निर्णयअनुसार राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति नियुक्त गरेका थिए । शपथसँगै उनले आजदेखि प्रधानसेनापतिको रुपमा औपचारिक रुपमा काम सुरु गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

