Prithvi Post

काठमाडौं, नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले बढेर १ लाख ५३ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार ४०० कायम भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर १ हजार ७८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  मंगलबार चाँदी १ हजार ७६५ रुपैयाँ कारोबार भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0