Prithvi Post

काठमाडौँ, निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ ।

संविधानको धारा २७१ बमोजिम आयोगले मंसिर १६ गते तय भएको उपनिर्वाच्नका लागि दल दर्तासम्बन्धी सूचना निकालेको हो । दल दर्ताका लागि निवेदन दिँदा राजनीति दलसम्बन्धी नियमावली,२०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने छ ।

दलको विवरण,वार्षिक लेखा परीक्षण प्रतिवेदन,संगठनात्मक स्वरुपसहितका आवश्यक कागजात दल दर्ताका लागि निवेदन दिँदा पेस गर्नुपर्ने आयोगको सूचनामा उल्लेख छ ।

Capture

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0