काठमाडौँ, ठुलो वर्षा र कम भिजिबिलिटीका कारण दोहाबाट काठमाडौँ आएको कतार एयरवेजको जहाज आकाशमा पाँच फन्को लगाएपछि अवतरण गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार जहाजको आकार,प्यासेन्जरको सङ्ख्या,पाइलटको विमानस्थलसँगको अभ्यस्तता लगायत कारण उडान,अवतरणमा फरक पर्न जान्छ । अन्य विमानहरू भने नियमित रूपमै उडान,अवतरण गरिरहेका छन् ।
पहाडी र हिमाली क्षेत्रका उडान रद्द भएका छन् भने अन्य विमानस्थल खुल्ने क्रममा रहेकाले दिउँसोपख मौसम खुलेमा उडान हुन सक्ने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

