काठमाडौँ, असोज १२ गते देशभर अविरल वर्षाका कारण २२ ठाउँका सड्क अवरुद्ध भएको छ । पहिरोका कारण पृथ्वी राजमार्ग,मध्यम पहाडी लोकमार्थ,वीपी राजमार्ग र सिद्धार्थ राजगमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीका सह प्रवक्ता (एसएसपी) विश्व अधिकारीले बताए ।
काठमाडौँ उपत्यका जोड्ने सिस्नेरी,लेले र बल्खु–फर्पिङ सड्क खण्ड अवरुद्ध भएको छ । कोशी प्रदेश स्थित राँके–भेडेटार,मध्य पहाडी लोकमार्ग र दिक्तेल–गाईघाट सडक अवरुद्ध छ । बागमती प्रदेश स्थित कान्ति लोकपथ,पासाङल्हामु राजमार्ग,बिपी राजमार्ग,भिमफेदी–कुलेखानी सड्क,मध्य पहाडी लोकमार्ग र त्रिभुवन राजपथ बन्द छन् ।
कुलेखानी–मार्खु सड्क र मदन भण्डारी राजमार्ग पनि बन्छ छ । गण्डकी प्रदेश स्थित म्याग्दीको बेनी–दर्बाङ सड्क खण्ड र कालिगण्डकी करिडोर अवरुद्ध छ । लुम्बिनी प्रदेश स्थित सिद्धार्थ राजमार्ग,गोरुसिङ्गे–सन्धीखर्क सडक र रुकुम–घोराही खण्ड अवरुद्ध भएको छ ।

