Prithvi Post

काठमाडौ । काभ्रेको साँगाबाट बनेपा जाने बस चढेकी गीता हुमागाईं बेपत्ता भएकी छिन् । काभ्रेको साँगा नै घर भएकी २५ वर्षीय विवाहित गीता मंसिर २३ गते अर्थात आइतबारदेखि बेपत्ता भएकी हुन् ।

धुलिखेल पुग्दासम्म सम्पर्कमा रहेकी उनी त्यसपछि बेपत्ता भएकी हुन् । बस चढ्दासम्म सकुशल नै रहेकी उनलाई कसैले देखेमा सम्पर्क गरिदिन परिवारले आग्रह गरेका छन् ।

प्याजी रङको हुडी र कालो–निलो ट्राउजर लगाएको अवस्थामा हराएको परिवारले जानकारी दिएका छन् । उनले बस चढ्दा रातो झोलासमेत बोकेकी थिइन् । त्यसबेला माक्ससमेत लगाएकी थिइन् ।

कसैले देख्नुभएमा यो नम्बरमा सम्पर्क गरिदिनुहुन अनुरोध छ :

9841311710 -सुदन दुलाल

9851102894 -ईश्वर दुलाल

9851255752 -निर्मल दुलाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।