Prithvi Post

भक्तपुर । भक्तपुर महोत्सव २०८१ शुक्रबारदेखि सुरु भएको छ । महोत्सव उदघाटन आज बिहान ११ बजे भक्तपुर दरवार स्क्वायरमा हुँंदैछ । यसअघि १० बजेबाट टौमढीबाट रयालीसहित उदघाटनस्थल पुग्ने तालिका बनाइएको छ । महोत्सव पुस २ गतेसम्म गरी पाँंच दिनसम्म चल्नछ ।
२६ वर्षपछि भक्तपुर नगरपालिकाले दोश्रो महोत्सव गर्न लागेको हो । यसअघि वि.सं. २०५४ साल कात्र्तिक ६–१० गतेसम्म पा“च दिनको पहिलो “भक्तपुर महोत्सव” भएको थियो । । यसबाहेक २०६९ साल असोज ६ गते एक दिने “भक्तपुर सडक महोत्सव – २०६९”, २०७६ पुस १६ गते “सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा तथा स्थानीय उत्पादन प्रदर्शन”, २०७९ चैत्र १८–१९ गते “सम्पदा पदयात्रा तथा स्थानीय उत्पादन तथा घरेलु मेला”, २०८० श्रावण २० गते “भक्तपुरका पोखरीहरुको पदयात्रा मेला” र २०८० पौष १४ गते “बहाबही पदयात्राका साथ योमरी उत्सव” सफलता पूर्वक सम्पन्न गरेको थियोे ।
भक्तपुरको कला, संस्कृति, सम्पदा र यहा“को मौलिक उत्पादन तथा जीवनशैलीबारे स्वदेशी र विदेशी पाहुनाहरूलाई जानकारी गराउ“दै भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गरी पर्यटन उद्योग मार्फत नगरको आर्थिक गतिविधि वृद्धि गर्दै नगर र नगरवासीको आर्थिक विकासमा योगदान पु¥याउने महोत्सवको प्रमुख उद्देश्य रहेको आयोजक भक्तपुर नगरपालिकाले जनाएको छ । महोत्सवका अन्य उद्देश्यहरुमा यहा“का नाचगान, बाजागाजा, हस्तकला, घरेलु उद्योग, सीप, कला, संस्कृतिको प्रर्वद्धन गरी यसलाई आर्थिक गतिविधिसंग जोड्न आवश्यक वातावरण तयार गर्ने रहेको जनाएको छ । भक्तपुरका मौलिक खाद्य सामग्री, संस्कार र जीवनशैलीबारे प्रचारप्रसार गरी यसको व्यवसायीकरणको लागि आवश्यक सहजीकरण गर्ने पनि महोत्सवको उद्देश्य रहेको छ ।
आयोजक भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पाँंचदिने महोत्सवभरि भक्तपुरमै बसेर सम्पूर्ण भक्तपुरलाई नजिकबाट चिनेर जान अनुरोध गरे । गहिरिएर हेर्ने हो भने भक्तपुर विहान एउटा, दिउँंसो अर्काे र साँंझ वा राति अर्कै देखिन्छ, उनले उदाहरण दिंदै थपे, जसरी हिमाल विहान सेतो, दिउँंसो सफा अनि साँंझ रातो देखिन्छ, त्यसरी नै भक्तपुरलाई एकैदिनमा फरकफरक रुप देख्न सकिन्छ ।
महोत्सवका मुख्य आकर्षणहरुका रुपमा सांस्कृतिक कार्यक्रम (बा“सुरी बाजा प्रतियोगिता, भजन, नौबाजा, नगरा वादन, परम्परागत र आधुनिक सा“स्कृतिक नाच), प्रदर्शनी ( पौभा, तस्वीर, चित्रकला, छ्वालीकला, परम्परागत पोशाक, हलिमलि, योमरी, परम्परागत वाद्यवादन सामग्री, घरेलु उत्पादन, परम्परागत धागो रंग्याउने, कुमारी जीवित देवी, दिपंकर बुद्ध, नवदुर्गा, शैक्षिक, मृत्तिका कला, परम्परागत खेलकूद, नेवार जीवनशैली, नौ बाजा, बौद्ध प्रकाशन, सहकारी गतिविधि, कृषि उत्पादन, पुस्तक, बुद्ध अस्तु, खेलकुद, परम्परागत तोरीको तेल उत्पादन विधि, सांस्कृतिक जात्रा पर्वको नमूना
आदि) मेला÷महोत्सव (खाना महोत्सव, व्यापार मेला, दही महोत्सव) मनोरञ्जनात्मक गतिविधि (नौका विहार, वाटर साइक्लिङ, बाल मनोरञ्जनात्मक गतिविधि, खेलकुद) आदि इत्यादि रहेको जनाइएको छ ।
महोत्सवलाई पूरै महोत्सवमय बनाउन नगरका ३२ ठाउँहरुमा फरकफरक प्रदर्शनीहरु रहने जनाइएको छ । नगरका विभिन्न स्कुल, कलेजहरु, सहकारी संस्था आदि इत्यादि संस्थाहरुले पनि आफनै रुपमा आफनै ठाउँं वा विभिन्न ठाउँंहरुमा विभिन्न प्रदर्शनीहरु गरिने जनाइएको छ ।
भक्तपुर देशकै सानो जिल्ला (११९ वर्ग कि.मी.) । भक्तपुर जिल्लाका चारवटा नगरपालिकाहरुमध्ये भक्तपुर नगरपालिका नेपालकै सानो नगरपालिकामध्ये एक हो । नेपालको राजधानी काठमाडांैबाट १३ कि.मी. पूर्वमा अवस्थित भक्तपुर नगर भौगोलिक रुपमा सानो नगर (६.८८ वर्ग कि.मी.) भए पनि नेपालकै एक महत्वपूर्ण सा“स्कृतिक र ऐतिहासिक नगर हो । २०७८ को जनगणना अनुसार भक्तपुर जिल्लामा कुल ४ लाख ३२ हजार १ सय ३२ जनसंख्या रहेको छ भने भक्तपुर नगरपालिकाभित्र ७९ हजार १ सय ३६ जनसंख्या बसोबास गर्दछन् । यस नगरमा आदिवासी नेवारहरुकोे बाहुल्यता रहेको छ । मौलिक नेवारी जीवनशैली र परम्परामा आधारित यहा“का सा“स्कृतिक एवम् ऐतिहासिक सम्पदाहरु विश्व प्रसिद्ध छन् ।
भक्तपुरकोे मौलिक सा“स्कृतिक पहिचानलाई सम्मान गर्दै सन् १९७९ मा युनेस्कोले भक्तपुरको दरबार क्षेत्र लगायतका सम्पदा क्षेत्रलाई विश्व सम्पदामा सूचिकृत गरेको थियो । भक्तपुर नगर भक्तपुर जिल्लाको प्रशासनिक केन्द्र मात्र नभई नेपालकै ऐतिहासिक र सा“स्कृतिक केन्द्रको रुपमा समेत परिचित छ । यहा“का शताब्दीऔं पुराना मठ– मन्दिर, बहाबही, देवालय, शिवालय, पीठ, द्योछे“, दरबार, सत्तल, पाटीपौवा र ढुङ्गेधारा विश्वस्तरकै वास्तुकलाका नमूना हुन् । वार्षिक लाखौं स्वदेशी तथा विदेशी पर्यटकहरु यहा“का मूर्तिकला, चित्रकला र धातुकलाका उत्कृष्टता देखेर मोहित भएर फर्किन्छन् । भक्तपुर नगरपालिकाले पूर्खाले सिर्जेका ती अमूल्य सम्पदाहरुकोे सरंक्षण, प्रवद्र्धन र सदुपयोग गर्दै भक्तपुरमा पर्यटन उद्योगको आधार तयार पार्ने प्रयास गरिरहेको छ निरन्तर ।
महोत्सवलाई व्यवस्थित र भव्यताका साथ संचालन गर्न नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरु, जिल्लास्थित सम्पूर्ण कार्यालय प्रमुखहरु, निजी क्षेत्रका संघ संस्थाका प्रतिनिधिहरु र अन्य सरोकारवालाहरुको सहभागितामा १६१ सदस्यीय मूल समारोह समिति, २५ सदस्यीय निर्देशक समिति, विभिन्न १३ वटा विषयगत समिति र १ सचिवालय समिति गठन गरी निरन्तर भव्य तयारी चलिरहेको छ । यसकारण यतिखेर भक्तपुर महोत्सबमय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।