ललितपुर । कामका लागि विदेश भौतारिनु नपर्ने बरु नेपालमै उद्यमशीलताको अवसरहरू रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । एभरेस्ट इन्जिनियरिङ कलेज सानेपा ललितपुरले वातावरणमैत्री निर्माण सामाग्रीमा उद्यमशिलता विषयमा गरेको छलफल कार्यक्रमका वक्ताहरुले रोजगारीको लागि भन्दै विदेश नै भौतारिनु नपर्ने बताए ।
कार्यक्रममा युवा उद्यमी इन्जिनियर कृष्णभक्त दुवालले आफ्नो उद्यमशीलताको यात्राकोबारेमा जानकारी गराउँदै डटेर लागे देशमै केही गर्न सकिने अनुभब सुनाए । आफ्नो अनुसन्धान, उत्पादका प्राविधिक पक्षहरू, र नवीन प्रविधिहरू अपनाउँदा आउने चुनौतीहरूकोबारेमा पार गरेको अनुभवबारे जानकारी दिंदै उनले केही छैन भनेर निराश भइ बस्न नहुने सुनाए ।
कार्यक्रममा प्रस्तुतिपछि दोश्रोे चरणमा भएको रोचक अन्तरक्रियामासमेत उनले विद्यार्थीहरूको जिज्ञासालाई सम्बोधन गर्दै सफल हुनका लागि मेहेनत पनि उतिकै आवश्यक भएको खाँंचो औल्याए ।
कार्यक्रममा नेपालमा ईको प्यानलको उपयोगिता र सम्भावनाहरुको लगायत हरित निर्माण सामाग्रीहरुको प्राविधिक पक्ष समेत प्रस्तुतीकरणमा राखिएको थियो । सत्रका मुख्य बुँदाहरूमा हरित निर्माण सामग्रीको सम्भावना र फाइदाहरू, परम्परागत अभ्यासमा नवीन प्रविधि समावेश गर्दा आउने चुनौतीहरू र समाधानहरू रहेका थिए ।
कार्यक्रमले उद्यमशील भूमिकामा करियर बनाउने चाहना राख्ने धेरै विद्यार्थीहरूलाई प्रेरित गरेको जनाइयो । दिगो विकासको गतिशील क्षेत्रमा अघि बढ्न मार्गचित्र प्रदान गरेको अयाोजकको भनाई थियो ।
कार्यक्रमलाई सिभिल इन्जिनियरिङ विभाग प्रमुख इन्जिनियर रोमहर्ष ओली, आयोजक कलेजका प्रिन्सिपल बिरोध रिजाललगायतले सिभिल इन्जिनियरहरूलाई आधुनिक सूचना प्रविधिको उपयोगले कसरी सक्षम बनाउन सक्छ भन्ने विषयमा महत्वपूर्ण सुझाव दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

