Prithvi Post

भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुर खण्डमा रहेको जगातीको बस बिसौनी यथास्थानमै कायम गर्नुपर्ने माग राख्दै स्थानीय समुदाय बिहीबार भक्तपुर नगरपालिका वडा नं ८ लिवाली पुगेका छन् । आयोजना र स्थानीय जनप्रतिनिधीहरुलाई ध्यानाकर्षण गराउन जगातीबासी वडा कार्यालय पुगेका छन् ।
त्यहाँं सूर्यविनायक धुलिखेल सडक विस्तार आयोजनाका इन्जिनियर विवेक पाण्डेको उपस्थितिमा भक्तपुर नगरपालिका वडा नं ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजू र जनप्रतिनिधिहरु तथा स्थानीयहरुबीच छलफल भयो । छलफलले जगाती चोकको बस विसौनी यथास्थानमै राख्ने मौखिक सहमति गरेका हुन । यद्यपी सो सडकको डिपिआरले पुस्तौदेखि चल्दै आएको बस बिसौनीलाई आन्तररिक राजश्व कार्यालय जगाती अगाडितर्फको मार्गमा रहने गरी नक्सा तथा सिमांकन गरिएको छ । सो सिमांकन तथा योजनालाई पहिले कै स्थानमा बस विसौनी राख्ने गरी सरोकारवालाहरुको ध्यानाकर्षण गराउन तीन पक्षले छलफल गरेका हुन् ।
भनपा ८ र सूर्यविनायक नगरपालिका वडा नं ८ बाट चलनचल्टीकै स्थानमा बस बिसौनी कायम राख्नुपर्ने भन्दै सिफारिस समेत जारी गरिसकेकोे भन्दै स्थानीयवासी सीताराम खाइतूले जनभावना विपरित आयोजनाले बस बिसौनी अन्यन्त्र सार्न नहुने र नसार्नेमा आफूहरु विश्वसत हुने गरी सरोकारवालाहरुबीच छलफल भएको बताए । वडा अध्यक्ष केपी कोजूले सडक विस्तारको क्रममा सम्बन्धित वडा र जनप्रतिनिधीहरुसँग छलफल गरेर मात्र योजना बनाउनुपर्नेमा यसो नगरी आयोजनाले आफूखुसी बस विसौनी सार्नु गलत भएको भन्दै स्थानीयको माग अनुसार चलनचल्तीकै स्थानमा बस विसौनी राख्नेमा वडाकार्यालय सहमत भएको बताए । आयोजनाका इन्जिनियर विवेक पाण्डेले स्थानीय जनता र जनप्रतिनिधिहरुको मागलाई माथिलो निकायमा छलफल गरी उचित निर्णय गरिने भन्दै प्राविधिक पक्षलाई पनि ध्यान दिएर २०८२ सालसम्म सडक विस्तार कार्य सम्पन्न गर्ने तयारी रहेको जनाए ।
२०२१ साल भन्दा अगाडिदेखि नै जगातीमा बस बिसौनी रहेको भन्दै स्थानीयले आफूहरुको माग पूरा नगरे विरोधमा उत्रन बाध्य हुने भन्दै अन्य सरकारको विकास निर्माण कार्यमा भने आफुहरुको पनि सहयोग हुने धारणा राखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।