राजु तामाङ, काभ्रे
देशभक्त बन्न सिकायौ तिमीले
जनसेवक बन्न सिकायौ तिमीले
जनतालाई जनार्दन मान्दै
जनताकै बुद्धि र बलमा
साम्राज्यवाद र उपनिवेशवाद विरुद्ध
मुक्तिको लडाइँ लड्न सिकायौ तिमीले।
चाहन्थे आफ्नो परिवारले पनि
तिमी व्यापारी बनोस्,
तिमी वकिल बनोस्,
घरमा पिट्दा पनि अभिभावकले
त्यागेनौ तिमीले आफ्नो विचार
पैसा कमाउने पेशा त्यागेर
लियौ तिमीले अठोट देशभक्त बन्दै
क्रान्तिकारी बन्ने जीवन ध्येयको सार।
गुन्जाउथे हजुरबुबाले
किसान लडाइँका कथाहरू
तिम्रो मस्तिष्कमा,तिम्रो कानमा
किसानको मुक्ति,किसानकै भक्ती
बढेर अघि,लियौ तिमीले
जनक्रान्तिको नायक बन्ने भावना मनमा।
प्रतिक्रियावादी फौजले
बनाउन खोज्थे कलेजलाई छाउनी
काँप्थ्यो प्रशासन थरथर,
डरले पुच्छर लुकाउदा प्राध्यापकहरू
लडाकु रक्षादल बनाएर
कलेज जोगाउन बन्यो
माओ साहसी र निडर।
अन्धकारको बादल फाटेर
उज्यालोतिर पाइला लम्काउन
सिकायौ तिमीले,
अल्पमतमै होस् तर
सत्यको बाटो नछोड,
समुन्द्रको छाल झैँ अघि बढ्न
महान शिक्षा दियौ तिमीले,
जनताबाट सित्तैमा सियो पनि नलिनु भन्ने
महान आदर्शता सिकायौ तिमीले,
हजारौं पाइलाको यात्रा गर्नु छ भने
एकै पाइलाबाट शुरु हुन्छ भन्ने
आम मानव जातिको जीवन संघर्षमा
जीवनउपयोगी उपदेश दियौ तिमीले।
समाजमा हुने हरेक संघर्षमा
शत्रुको शत्रु मित्रु भन्ने
संघर्षको नीति सिकाएर
संघर्षलाई वस्तुगत परिस्थितिको
अनुकुलतामा अगाडि बढाउन
सिकायौ तिमीले,
व्यक्तिवादको विरोध गर्दै
सामूहिक छलफल,सामूहिक निर्णय
अनि सामूहिक कार्यमा विश्वास गर्ने
साङगठानिक शिक्षा दियौ तिमीले।
काँतर र कायरहरू एकचोटि बाँचेर पटकपटक मर्छन,
बहादुरीहरू एकचोटि मरेर इतिहासमा युगौयुगसम्म बाँचिरहन्छन भने झैँ,
आफ्नो मातृभूमिमाथि मडारिरहेको
अन्धकारको बादल फाटन
साम्राज्यवाद र उपनिवेशवादको विरोधमा
अथक अनि निर्भीक र निडर भएर
संघर्ष ग¥यौं तिमीले
कहिले भोकै त,कहिले पानीको भरमा,
कहिले दिनको न्यानो घाममा
कहिले हिउँदको कठ्याङरिदो चिसोमा,
कहिले दिनमा,कहिले रातमा,
कहिले सबेरैको बिहानमा त, कहिले साँझमा
विश्व सर्वहारा वर्गका महान गुरु का.माओ
युगौयुगसम्म अमर रहिरहनेछन
उत्पीडित न्यायप्रेमी कामदार जनताको माझमा।
(२६ डिसेम्बर,माओको जन्मदिवसको अवसरमा लिखित कविता )

