Prithvi Post

भक्तपुर । भक्तपुरमा आँंखाका विरामीहरुको संख्या निरन्तर उकालो लाग्दै गरेको देखिएको छ । पछिल्लो १९ वर्षमा यहाँं आँंखाका विरामीहरुको प्रत्येक वर्ष निरन्तर वढ्दो रहेको तथ्यांकले देखाएको हो ।
ख्वप तीलगंगा आँंखा अस्पताल च्याम्हासिंह भक्तपुरले राखेको तथ्यांकअनुसार यहाँं आउने बिरामीहरुको संख्या निरन्तर बढ्दो छ । अस्पतालले सन् २००६ बाट सेवा सुरु गरेको थियो । तथ्यांक अनुसार सेवा सुभारम्भ भएको पहिलो वर्ष सन् २००६ मा कुल दुई सय २१ जनाले सेवा पाएका थिए । यो क्रम वढ्दै अहिले वर्षमा ३१ हजार वढीले सेवा पाइरहेका छन् ।
तथ्यांक अनुसार सन् २००७ मा तीन हजार एक सय ६०, सन् २००८ मा चार हजार पाँंच सय २५, २००९ मा ६ हजार नौ सय ५३, २०१० मा सात हजार सात सय चार, २०११ मा सात हजार आठ सय ४३, २०१२ मा आठ हजार पाँच सय ३१, २०१३ मा ११ हजार चार सय ७४, २०१४ मा १३ हजार आठ सय ७८, २०१५ मा १४ हजार नौ सय ८७, २०१६ मा १५ हजार आठ सय २२, २०१७ मा १८ हजार ४८ जना, २०१८ मा २० हजार ४२७ जनाको तथ्यांकले प्रत्येक वर्ष निरन्तर विरामीको संख्या वढ्दो देखाएको हो । त्यसको अर्काे वर्ष अर्थात् सन् २०१९ मा पनि बढेर २५ हजार ७९४ जनाले सेवा लिए । त्यसपछि दुई वर्ष भने घटेको देखिएको छ । कोरोनाका कारण ती वर्षमा बिरामी आउने क्रम घटेको जनाइएको छ ।
सन् २०२० मा ११ हजार ६९१ जनाले सेवा पाए । यस्तै सन् २०२१ मा पुनः वढेर २० हजार ८९ जनाले सेवा पाए । त्यसपछि सन् २०२२ मा फेरि वढेर २५ हजार पाँंच सय ७३ रोगी उपचारमा आए । सन् २०२३ मा फेरि वढेर ३१ हजार दुई सय ७९ जनाले सेवा लिएका थिए । त्यसपछि भने सन् २०२४ को नोवेम्भरसम्म २५ हजार तीन सय ९९ जनाले सेवा लिएको तथ्यांक छ । विमाबाट चश्मा वितरण वन्द भएकाले पछिल्लो वर्ष सन् २०२४ मा सेवाग्राहीको संख्या घटेको जनाइएको छ ।
‘अस्पतालमा सेवा लिन आउने बिरामीहरुको संख्या प्रत्येक वर्ष बढ्दो छ,’ अस्पतालका इन्चार्ज धीरज अधिकारीले भने, ‘त्यसकारण अहिले हामी सेवा फराकिलो ठाउँंमा राखेका छौं ।’ अस्पताल अहिले भक्तपुर नगरपालिका वडा नं ९ च्याम्हासिहस्थित भव्य ख्वप अस्पताल भबनको माथिल्लो तल्लामा छ ।
ख्वप तीलगंगा आँंखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले यो अस्पताल अरु अस्पताल जस्तो नाफाको लागि नभई सेवाका लागि रहेकाले तुलनात्मक रुपमा कम शुल्कमा सेवा प्रदान गर्दै आइरहेको सुनाए । काठमाडौंको तीलगंगा आँंखा अस्पताल भन्दा कम शुल्कमा आफूहरुले सेवा दिइरहेको उनको भनाई थियो ।
तीलगंगा आँंखा अस्पतालका प्रबन्धक डा मोहनकृष्ण श्रेष्ठले भक्तपुरका जनतालाई आँंखा उपचारको सेवा दिन भक्तपुर नगरपालिकासँंग मिलेर काम गरिरहेको जानकारी गराए । त्यसकारण यहाँंको नाम ख्वप तीलगंगा आँंखा अस्पताल राखेर कम शुल्कमा सेवा दिइरहेको उनले बताए ।
यहाँं नयाँं बिरामी चेकअपका लागि विशेषज्ञसहितिको सेवाको लागि प्रतिव्यक्ति रु ८० र पुरानाका लागि रु ५० मात्रै टिकट शुल्क रहेको छ । अस्पतालमा शुक्रबार स्थानीय परियोजना सल्लाहकार समितिको बैठक पनि बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।