मुनि विहार भक्तपुरबाट मध्यपुर थिमिया यहीं मिति २०८१ पुस १२,१३ र १४ गते हुने “मध्यपुर महोत्सव” मा पाटी विहार थिमिमा प्रदर्शनको लागि पवित्र तथागत बुद्धको अस्थिधातु मध्यपुर थिमि नगरपालिकाका मेयर श्री सुरेन्द्र श्रेष्ठको हातमा एक कार्यक्रम बिच हस्तान्तरण गरियो ।
भिक्षु गरूको स्थविरले पञ्चशील प्रदान गर्नु भयो । साथै उहाँले बुद्धको अस्थिधातु दर्शन गर्नु साक्षात बुद्धको दर्शन गर्नु सरह हो भन्नू भयो । मेयर सुरेन्द्र श्रेष्ठज्यूले बुद्धको अस्थिधातु प्रदर्शन गर्न पाउनु सौभाग्य र गर्वको कुरा हो,भन्नू भयो । त्यस्तै भक्तपुर नगरपालिका वडा नं.७ का वडाध्यक्ष उकेश कवां बुद्धको व्यवहारिक शिक्षा प्रचारप्रसार गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा मुनि विहार दायेक समितिका उपाध्यक्ष श्री विकासराजले स्वागत मन्तव्य दिनु भयो ।
अस्थिधातु लिन बिहान ७ बजे मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ लागायत वडाध्यक्षज्यूहरू,साथै पाटी विहार सहयोग समितिका अध्यक्ष श्यामकृष्ण मानन्धर लगायत बौद्ध विद्वानहरूको टोली आउनु भएको थियो ।
अस्थिधातु मध्यपुर थिमिको संखधरमा पुगेपछि मध्यपुरथिमि बासीहरूले भव्य स्वागत गरि बाजागाजा सहित पदयात्रा गरि पाटी विहार अस्थिधातु प्रदर्शनी स्थलमा पुर्याएर यात्रा सम्पन्न गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1