काठमाडौं । यसवर्षको सत्यनारायण बहादुर श्रेष्ठ स्वतन्त्रता सेनानी पत्रकारिता पुरस्कार नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) लाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको १०९ औ जन्मजयन्तीको अवसरमा नेवाः पत्रकार राष्टिय दवू केन्द्रले शनिबार राजधानीमा एक समारोह गरी पुरस्कार प्रदान गरिएको हो ।
नेपाल आदिवासी जनजाति महासंघका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले फोनिजका अध्यक्ष गजुरधन राईलाई २५ हजार नगदसहित पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका हुन् । कार्यक्रममा देशभरका नेवाः पत्रकार राष्टिय दवूमा आवद्ध भई हालै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा विजयी केन्द्र, प्रदेश र जिल्ला तहमा निर्वाचित पदाधिकारीहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा पुरस्कारका दाता एवं सत्यनारायण बहादुर श्रेष्ठकी सुपुत्री सुजिता मान्धरले एक दिन राज्यले नै नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर सिंह रहेको घोषणा गर्ने विश्वास व्यक्त गरिन् । सत्य डग्दैन, असत्य टिक्दैन भने जस्तो सत्यलाई जति छोपे पनि लुकाएर नलुकिने बताए ।
आयोजक दवूका उपाध्यक्ष सुनील महर्जनले २००८ सालमा सत्यनारायण बहादुर श्रेष्ठले नै स्थापना गरेको पत्रकार महासंघलाई निरन्तरता दिंदै हालको पत्रकार महासंघ २०१२ सालमा स्थापना गरेको दावी गरे । महासंघले हाल २०१२ सालमा स्थापित नेपाल महासंघका अध्यक्ष एवं सन्तनेता स्वर्गीय कृष्णप्रसाद भटराईलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष मानिंदै आएको छ । कार्यक्रम आयोजक आयोजक दुवूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको सभापतित्वमा भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

