Prithvi Post

भक्तपुर । भक्तपुर हस्तकला संघको अध्यक्षमा कृष्णराम दुवाल निर्वाचित भएका छन् । संघको बिहीबार भक्तपुरमा भएको छैटौं अधिवेशन तथा १२ औ र १३ औ साधारणसभाबाट दुवालको अध्यक्षतामा ९ सदस्यीय नयाँं कार्यसमिति चयन भएको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा राजेन्द्र नापित, सचिवमा विश्वराम दुवाल र कोषाध्यक्षमा सागर चित्रकार चुनिएका छन् । सदस्यहरुमा दीर्घायु प्रजापति, बिकुबहादुर श्रेष्ठ, सचित श्रेष्ठ, बुद्धराम शिल्पकार र जमुना राजचल चयन भएका छन् ।
यसअघि अधिवेशनको उदघाटन नेपाल हस्तकला महासंघका केन्द्रिय अध्यक्ष प्रचण्ड शाक्यले गरेका थिए । उदघाटन कार्यक्रममा मध्यपुर थिमि नगरपालिका वडा नं ८ बोदेका वडा अध्यक्ष रमेश थापा श्रेष्ठ, भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनीमैयाँं धौबञ्जा, भक्तपुर चेम्वर अफ कमर्सका अध्यक्ष कविदास श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संघका अध्यक्ष शम्भु श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।