Prithvi Post

✍प्रकाश तजले, भक्तपुर
१८ पौष २०८१

मंसिरको २८ देखि पुषको दुई
मानिसको ताँतीले चढ्यो भक्तपुरको बुईँ ।
मौलिकता र संस्कृतिले भरिपूर्ण
महोत्सवको त्यो प्रदर्शन ।।

धिमे, लालाखिं र धाँको तालले
संगीतमय भक्तपुर ।
अझ बाँसुरीको त्यो सुरिलो रागले
माधुर्यता भरपुर ।।

वास्तु, धातु, काष्ठकला
बेजोड छ कालिगडी ।
लाग्छ हलिमलिकला
झन् उच्चकोटीको कालिगडी ।।

योमरी, बारा, सम्यबजी
खाए सबले मन्त्रमुग्ध भई ।
भक्तपुरको जुजु धौको स्वादमा
सबको जिब्रो नाचे बेस्सरी ।।

सिद्ध, भाजु, रानीपोखरी
आकर्षणमा कम छैन नःपोखरी ।
अझ पुर्वको कमलपोखरी
मनै नभर्ने नौका बिहार नगरी ।।

ज्ञानको दीप छर्ने– पुस्तक प्रदर्शनी
त्यसको प्रयोग गर्ने– शैक्षिक प्रदर्शनी ।
झन ईन्जिनियरीङ नमुना
बन्यो महोत्सवको अग्रणी ।।

कति राम्रो माटाको भाडा
प्रजापति काकाले बनाको ।
झन् अब्बल लाग्यो–नेवार जीवनशैली
जन्मदेखि रथारोहणको ।।

भक्तपुर महोत्सव–एकताको प्रतिफल
आफ्नो उद्देश्यमा यो छ पूरा सफल ।
यो सन्देशले चुमोस् संसार
हार्दिक आभार – स्थानीय सरकार ।।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।