Prithvi Post

भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको आदर्श वस स्टपदेखि माथि जानका लागि शनिबारदेखि अटोमोवाइल्स सञ्चालनमा ल्याइएको छ । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलका वडा अध्यक्ष पुष्पराज वस्नेतले एक समारोहवीच उदघाटन गरे ।
साइनो अटोमोबाइल्स प्रालि बनेपा काभ्रेले अटोमोवाइल्स सञ्चालनमा ल्याएको हो । अटोमोवाइल्सको भक्तपुर जिल्लाका शाखा प्रबन्धक संगम लामाका अनुसार अटोमोवाइल्स आदर्श र सूर्यविनायकबाट गरी दुई ठाउँंबाट सञ्चालन सुरु भएको हो । दुवै ठाउँंबाट पाँंचपाँंच वटा गरी जम्मा दस वटा अटोमोवाइल्सहरु सञ्चालनमा आएको उनले बताए । दुई वटा रुटमा अटोमोवाइल्स सञ्चालनमा आउने उनले बताए । एउटा रुट आदर्शदेखि सिपाडोल वडा कार्यालय हुँदै दोरलागसम्म जाने उनले बताए । अर्काे रुट सूर्यविनायकदेखि गणेशस्थान हुँंदै घ्याम्पेडाँंडा, आशापुरी पुग्ने उनले बताए ।
उनका अनुसार अटोमोवाइल्स विहान पाँंच वजेदेखि साँंझ सात बजेसम्म सञ्चालन गरिनेछ । यसले विहान टाढाटाढाबाट भक्तपुर नगरपालिका क्षेत्रका कलेजहरुमा पढ्न आउने विद्यार्थीलाई विशेष सुविधा मिल्ने विश्वास गरिएको छ ।
उदघाटन कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलका वडा अध्यक्ष पुष्पराज वस्नेतले ६ महिनादेखिको निरन्तरको प्रयासले अटोमोवाइल्स सञ्चालन गर्न सफल भएको बताए । यसले वडाबासीहरुलाई ठूलो राहत मिलेको उनको विश्वास छ । यसअघि पाँंचदेखि १० किलोमिटरको दुरीको वडाबासी भक्तपुर नगरपालिका क्षेत्र आउन पैदल नै हिडनुपर्ने बाध्यता थियो । साथै अपर्झत जानुपर्नेलाई पनि ट्याक्सीमा एक हजार वढी रपैयाँं दिएर जानुपर्ने बाध्यता थियो । अहिले रुट अनुसार अटोमोवाइल्समा जाने यात्रुहरुका लागि सूर्यविनायक नगरपालिकासँंगको सहमतिमा सस्तोमा भाडादर कायम गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।