Prithvi Post

काठमाडौं इन्जिनियरिङ कलेज, कालिमाटी, काठमाडौंले  पौष २५, २६ र २७ गते तीन दिने  ‘दृष्टि ३.०’ प्रदर्शनी आयोजना गरेको छ ।

कलेजका अध्यक्ष तथा प्राचार्य प्राध्यापक इ. हिरेन्द्रमान प्रधानले  विहिवार सो प्रदर्शनीको उद्घाटन गर्दै काठमाडौं इन्जिनियरिङ कलेज नतिजाका हिसावले उत्कृष्ट कलेज हुनुका साथै व्यवहारिक ज्ञान र सीपमा पनि अव्वल छ भने तथ्य दृष्टि  प्रदर्शनीले प्रष्ट पारेको वताए । उनले यस्ता प्रदर्शनीले विद्यार्थीहरुमा  इन्जिनियरिङ र प्राविधिक ज्ञान, कला, र क्षमता अभिवृद्धी हुनुका साथै नयाँ नयाँ अन्वेषणहरु समेत हुन सक्ने उल्लेख गरे ।

प्राचार्य प्रधानले  कतिपय विधामा विभिन्न कलेजका विद्यार्थीको सहभागिता र प्रतिस्पर्धाले शिक्षामा गुणस््तर उकास्न सहयोग र नेपाललाई ईन्जिनियरिङको हव वनाउन टेवा पुग्ने  हुने स्पष्ट पारे ।

कलेजका उप प्राचार्य एसोसिएट प्रोफेसर आर्किटेक्ट शैलिता जोशीले ‘दृष्टि ३.०’ मा सभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रोनिक्स, कम्युनिकेशन एण्ड इन्फर्मेशन इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ र आर्किटेक्चरसँग सम्वन्धित विविध प्रदर्शनीहरु समावेश भएको जानकारी दिए ।

उप प्राचार्य जोशीले लाखौं धनराशीको हाकाथन, कोड कम्पिटिसन, गेमफेस्ट, रोबोवार, रोबो सकर,  रोबो दृफ्ट तथा इलेक्टृसिटी जेनेरसन, पारहाउस, थानकोट टनेल, एवं  विभिन्न मठमन्दिर, पुरातात्त्विक तथा ऐतिहासिक सम्पदाको आर्किटेक्चारल डिजाइन र मोडेल आदी इत्यादीले नयाँ पुस्तालाई ईन्जिनियरिङ शिक्षा आकर्षित गर्ने वताए ।

कम्प्युटर विभागका एसोसिएट प्रोफेसर इ. श्रीकृष्ण सुलुले प्रदर्शनीमा इन्जिनियरिङका साथसाथै गीत-संगीत,  नृत्य, विभिन्न गेम, वाद- विवाद, कविता, हाजिरीजवाफ प्रतियोगिता, साँस्कृतिक झाँकी , स्टान्ड अप कमेडी,आदी प्रस्तुती पनि रहेको वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।