राजु तामाङ, काभ्रे
आदेशपालक दास र लासले बोल्दै बोल्दैन
स्वतन्त्र र स्वाभिमानी त दास हुँदै हुँदैन
जतिसुकै दबाउन खोजे पनि जनताको आवाज
निरङ्कुश देशद्रोहीको हुँकारले कहिल्यै दब्दै दब्दैन।
अन्धकारमै रमाउने प्राणीहरूलाई उज्यालो मन पर्दैन
फोहोरमै सल्बलाउने फोहोरीहरूलाई सफासुग्गर मन पर्दैन
समाजवादी मुखौटोमा मातृभूमिको बलात्कार गर्ने राक्षसलाई
न्यायप्रेमी जनताको स्वतन्त्र र देशभक्त आवाज पच्दै पच्दैन।
हिजो राणा र पञ्चायतले पनि चलाएकै हो निरङ्कुशतन्त्र
जालझेल गर्दै उनले पनि देखाएकै हो बहुमतको दम्भतन्त्र
पिसिएका,दबिएका लाखौं जनताहरूको अजय संघर्षले
गाडिदियो चिहानमा हुकुमी र दमनकारी निरङ्कुशतन्त्र।
कतिन्जेल नाच्छौ तिमीहरू एक भै मालिकको इसारामा
घात गर्दै मातृभूमिमाथि बच्छौ कति मालिकको पहरामा
धिक्कार्नेछ कपूतलाई बलिदानीपूर्ण सहिदहरूको इतिहासले
पश्चतापूर्ण हुनेछ लेण्डुपको झै देशद्रोहीको मृत्यु बेसहारामा।
माओले भन्नुभए झैँ “अल्पमतमै होस् तर सत्यको बाटो नछोड
समुन्द्रको छाल झैँ अगाडि बढ तर सिद्धान्तनिष्ठता नतोड
सार्वभौम जनतालाई शिक्षित र संगठित पार्दै
लाखौं देशभक्त जनताको आवाज बनेर का.प्रेम सुवाल ज्यु
देशघाती र देशद्रोही विदेशीको दलालहरूलाई नछोड।
हुकुमी राणातन्त्र सिध्दियो,पन्चायती निरङ्कुशतन्त्र सिध्दियो
नव निरङ्कुश गणतान्त्रिक पन्चायतवादीहरू सिध्दिनेछन
समाजवादको नाउँमा देशलाई विखण्डन गर्न देशभित्र घुसेका
देशद्रोही र देशघाती विदेशीको दलाल शासकहरू
देशभक्त जनताको देशभक्तिपूर्ण संघर्षले सिद्दिनेछन।
विकासको नाउँमा विनाश गर्ने देशघातीहरूबाट
देशको अस्तित्व जोगिन्छ कि जोगिदैन?
नेपाली भएर बाँच्न नेपाल नामको देश रहन्छ कि रहँदैन?
प्रजातान्त्रभित्र जनताले बोल्न पाउँछ कि पाउँदैन?
यी यावत हुन् देशभक्त न्यायप्रेमी जनताको सवाल
सिद्धान्तमा हिमाल झैँ अटल,व्यवहारमा चट्टान झैँ मजबुत,
निर्भीक,निडर अनि इमान्दारीताको प्रतिमुर्ति का.प्रेम सुवाल
लाखौं देशभक्त जनताको तर्फबाट सलाम छ का.प्रेम सुवाल
लाल सलाम का.प्रेम सुवाल,देशभक्त सपूत का.प्रेम सुवाल।
(सिंहदरबारभित्रको दृश्य हेरेपछि)

