विद्राही आर.के.
औंला ठड्याउनु प्रेम सर
तल झार्नु भन्छन् विहारी यादव ।
बायुसेवा निगम बचाउन खोज्दा,
मुखमा बुझो हाल्न खोज्छन् दक्षिणका दलालहरु ।
प्रेम सरको शब्दबाणले ,
पश्चिममा दलालहरुलाई काँडाले धोचेछ ।
जनताको आवाज,
भारतीय दलालहरुलाई विस्फोट गुन्जन जस्तै लाग्छ ।
तर कति समय मुखमा दही जमाएर बस्छौं
कति समय दबाएर बस्छौ ?
शहिदको बलिदानी रगतसँगै,
अब बगाउँ आत्मसम्मानको नीर ।
औंलाले देखाउने सत्यको तीर,
निरंकुशता कठपुतलीलाई असह्य हुन्छ ।
तर सत्य कहिले डग्दैन
असत्य कहिले तिक्दैन ।
उठाऊ औंला फेरी पनि,
निरंकुशताको आँखा थुच्न ।
किनभने सत्य आवाज डब्दैन,
निरंकुशताको पर्खाल टिक्दैन ।
निरंकुशताका हातहरु हुटिन्छन्,
तर प्रेम सरको साहस कहिल्यै थाक्दैन ।
उठ, बोल र देखाउन क्रान्तिको सन्देश,
स्वतन्त्रताको जून कहिल्यै झर्दैन ।

