Prithvi Post

भक्तपुर चेम्बर अफ कमर्सको ७ औं वार्षिक साधारण सभा तलेजु ब्याक्वेट, भक्तपुरमा सम्पन्न भएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्री कमलेश कुमार अग्रवालको प्रमुख आतिथ्यतामा भएको उक्त सभामा वहांले आर्थिक समृद्धिका लागि नीतिगत सुधार आवश्यक रहेकोमा जोड दिनु भयो । सोही क्रममा वहांले निजी क्षेत्र सहितको सहभागितामा सरकारले उच्चस्तरीय आर्थिक आयोग गठन गरिनु प्रशंसनिय कार्य भएको चर्चा गर्नुहुदै उद्यारो असुली ऐन कार्यान्वनको शिघ्र प्रतिक्षा रहेको बताउनु भयो ।
उक्त अवसरमा समारोका विशिष्ट अतिथि नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष श्री राजेन्द्र मल्लले भक्तपुरको मौलिक हस्तकलाका उत्पादनहरुलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्नमा चेम्बरले विशेष भूमिका खेल्नु पर्नेमा जोड दिनु भयो । साथै वहांले सार्वजनिक निजी साझेदारीको माध्यमबाट निर्यातमा बल पुग्ने खालका उद्योगहरु स्थापना गर्नु पर्ने बताउनु भयो ।
यसै गरी कार्यक्रमका अर्का विशेष अतिथि जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी श्री गोपाल प्रसाद अर्यालले मुलुकको विषम परिस्थितिहरुमा समेत उद्यमी व्यवसायीलाई हतोत्साही हुन नदिई व्यवसायमा टिकाईराख्न व्यवसायिक संघसंस्थाहरुले खेल्दै आएको भूमिका प्रशंसनिय रहेको बताउनु भयो । वहांले आर्थिक क्षेत्रका कुनै पनि समस्याहरु आपसी सम्वाद र सहकार्यबाट समाधान गर्न सकिने पनि बताउनु भयो ।

समारोहमा भक्तपुर चेम्बर अफ कमर्सका सल्लाहकार एवं नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य श्री रोशन भोयद्योले नेपाल भरिका जिल्ला नगर चेम्बरहरुमा भक्तपुर चेम्बर अफ कमर्सले उत्कृष्ट गतिविधिहरु सञ्चालन गर्दै आएको बताउनु भयो । समारोहकै अवसरमा वहांलाई नेपाल जग्गा तथा आवास विकास महासंघमा महासचिव पदमा निर्वाचित हुनु भएकोमा बधाई ज्ञापन सहित सम्मान पनि गरिएको थियो ।

संस्थाका अध्यक्ष श्री कविदास श्रेष्ठको सभापतित्वमा भएको उक्त साधारण सभामा संस्थाका उपाध्यक्ष श्री जगत बहादुर श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको थियो । यसै गरी बन्द सत्रमा संस्थाका महासचिव श्री ज्ञानेन्द्र मानन्धरले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष श्री सुरेन्द्र जाकिबन्जारले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।