Prithvi Post

विद्रोही आर.के.
आजकाल मेरो साथी कुलतमा फसेछन् !
जीवन निराश देख्न थालेछन्,
देशमा न रोजगार न त सुशासन
तैँपनि,
दुई चार पैसा किसानी खेतीबाट आएको पैसा
दुई चार पैसा जागिरे मजदुरी गरेको पैसा
सहकारीमा राखेको फिर्ता लिन नसकेर निराश छन्,
इमान्दारी र मेहनतको फल मिठो हुन्छ भन्छन्
तर मेरो त कर्म खोटो रहेछन् भन्छन् मेरो साथी
मेहनतको पैसा पनि नपाउने,
कस्तो अवस्था आएको भनि सोच्छन् मेरो साथी,
त्यही भएर मेरो साथी,
बाँचेसम्म भएको पैसा मोजमस्ती गर्ने भन्छन्
मोजमस्तीको नाममा जाँडरक्सीमा डुबेछन्,
कुलतमा फसेछन् ।
त्यसैले,
यो व्यवस्था प्रति निराश छन् मेरो साथी
यो कर्मलाई धिकारछन् मेरो साथी
यो व्यवस्था हुँदाखानेको नभई
हुनेखानेको व्यवस्था रहेछ,
पहुँचवालाको व्यवस्था रहेछ,
शोषकहरुको व्यवस्था रहेछ,
भष्ट्र र अनियमितता गर्नेहरुको स्वर्ग रहेछ,
नातावाद, कृपावाद र भ्रष्ट्राचारीहरुको अवस्था रहेछ,
अरुको मेहनतको पैसा खानेहरुको व्यवस्था रहेछ,
यो पैसाको पछाडि दगुर्ने पूँजीवाद रहेछ,
यसमा काम गरी खाने मजदुरको हित नहुने रहेछ,
यसमा किसानको हित नहुने रहेछ,
यसमा गरिव वर्गको हित नहुने रहेछ,
अन्यायमा न्याय नपाउने व्यवस्था रहेछ,
शोषणबाट मुक्ति नपाउने अवस्था रहेछ,
इमानदारीहरु बाँच्न नसक्ने अन्धकार रहेछ ।
त्यसैले,
क्रान्तिकारी पार्टीले यसको विकल्प समाजवाद भनेको छ,
समाजवादमा उत्पादनका साधनहरु सामाजिकिरण हुने रहेछ,
यसमा जन्मेदेखि मृत्युसम्म राज्यले हेर्ने रहेछ,
यसमा शिक्षा स्वास्थ्य निःशुल्क हुने रहेछ,
यसमा भ्रष्टहरुलाई मृत्युदण्ड दिने रहेछ,
सुन्दर, शान्त र आनान्दको जीवन हुनेछ,
विकृति र विसंगति निर्मूल पार्नेछ ।
तर,
यो व्यवस्था त्यतिकै आउँदैन क्रान्ति आवश्यक रहेछ,
यसको लागि क्रान्तिकारी पार्टी आवश्यक रहेछ,
क्रान्तिकारी नेतृत्व आवश्यक रहेछ,
बहुमत जनता सचेत हुनु पर्ने रहेछ ।
त्यसैले,
आऊ साथीहरु,
मजदुर किसानको क्रान्तिकारी पार्टीमा आबद्ध होऔं,
हसिया हथौडा अंकित झण्डा मुनि गोलबद्ध होऔं,
क्रान्तिको लागि बहुमत जनतालाई सचेत पारौं ।
अनि,
जीवन जीउनु सार्थक हुनेछ
मरेर पनि अमर हुनेछ
देश र जनताको लागि यो जीवन समर्पित हुनेछ
आनन्दको सास फेर्न पाउने छ
आफ्नो कर्मको फल सुरक्षित हुनेछ,
शोषणबाट मुक्ति पाउने छ ।

धन्यवाद !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।