Prithvi Post

भक्तपुर । एभरेस्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरमा कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई पाँंचदिने आत्मरक्षा तालिम दिइएको छ । तालिममा सहभागी किशोरीहरुलाई भक्तपुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले आइतबार एक कार्यक्रमवीच प्रमाणपत्र वितरण गरे । स्कुलको आयोजना र नेपाल मार्शल सेल्फ डिफेन्स संघको सहयोगमा पुस २३ देखि २७ गतेसम्म आत्मरक्षा तालिम भएको थियो ।
तालिममा सहभागी छात्राहरुलाई प्रमाणपत्र वितरण गर्दै वडा अध्यक्ष बासुकलाले तालिममा विद्यार्थीका लागि धेरै उपयोगी भएको बताए । आजका विद्यार्थी नै भोलिको देशको कर्णधार भएकाले विद्यार्थीलाई हरेक हिसावले अगाडि लानुपर्ने आवश्यकता उनले औंल्याए । विद्यार्थी एक कदम पछाडि पर्नु भनेको देस १० कदम पछाडि पर्नुसरह रहेको उनको विचार थियो ।
आयोजक स्कुल व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले एसइईमा आफना छोराछोरीले जीपीए चार ल्यायो कि ल्याएन मात्रै हेर्नु सही मूल्यांकन नभएको बताए । शैक्षिकसँंगै विद्यार्थीको सर्वागिन विकास भयो कि भएन भने हेर्नु जरुरी रहेको उनंको भनाई थियो ।
कार्यक्रममा स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले विशेष गरी किशोरीहरुले आफूले आफैंलाई सुरक्षित राख्नका लागि तालिम दिइएको जानकारी दिए । आत्मरक्षा मानसिक र शाररिक दुवै रुपमा किशोरीलाई बलियो बनाउनुपर्नेमा उनले जोड दिए । यो वर्ष दोश्रो पटक तालिम दिइएको र अवका वर्षहरुमा वर्षैपिच्छे कक्षा आठका सम्पूर्ण छात्राहरुलाई निरन्तर तालिम दिंदै जाने योजना उनले सुनाए ।
तालिममा स्कुलमा कक्षा ८ मा अध्ययनरत सवैजना छात्राहरुलाई सहभागी गराइएको जनाइएको छ । स्कुलका ४४ जना किशोरीहरुलाई आत्मरक्षा तालिम दिइएको जनाइयो ।
कार्यक्रम नेपाल मार्शल सेल्फ डिफेन्स संघको सहयोगमा भएको थियो । तालिममा पाँंचदिनसम्म ६ जना प्रशिक्षकहरुले तालिम दिएको एसोसिएसनका प्रमुख कोच नवड लामाले बताए । उनका अनुसार यस्ता तालिमहरु एसोसिएसनले हालसम्म देशभरका दुई दर्जन जिल्लाहरुमा १२ हजार भन्दा वढी किशोरीहरुलाई प्रदान गरिसकिएको छ ।
कार्यक्रममा छात्राहरुले आफूले सिकेको विषयमा डेमो पनि देखाएका थिए । साथै तालिममा सहभागीहरुमध्ये स्मारिका अर्यालले स्कुलमा लिएको यो तालिम जीवनभरिका लागि उपयोगी भएको बताइन् । कार्यक्रममा सहयोगी संघका उपाध्यक्ष विनिता गुरुङलगायतले किशोरीहरुमा आत्मरक्षा तालिमको महत्वबारे चर्चा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।