Prithvi Post

पूर्वेली कान्छों
नेपालका सबै हिन्दू समुदायले यस पर्वलाई मनाउने गरेका छन् । तर, मनाउने पद्धति फरक छ । जस्तो, थारुले माघी भनेर मनाउँछन् । मगरले नयाँ वर्षका रुपमा लिन्छन् । किराँतले यले संवत् भनेर मनाउँछन् । तर, सबैले स्नान गरेर चोखो हुने, भगवान्को उपासना गर्ने, घ्यु, चाकु, कन्दमूल, कालो मासको खिचडीलगायत तागत दिने खानेकुरा खाने र चेलिबेटी तथा अग्रजहरुलाई दानदक्षिणा गर्ने गर्छन् ।
ज्योतिषशास्त्रअनुसार मकर संक्रान्तिदेखि सूर्यको उत्तरायण गति सुरु हुन्छ । उत्तरायण भनेको उध्र्व गति हो । पृथ्वीको उत्तरी गोलार्द्धमा सूर्यको किरण सोझो पर्न थाल्छ । रात छोटो हुँदै र दिन लम्बिँदै जान्छ । घामको किरण पर्न थालेपछि कक्रिएर बसेका वनस्पतिहरु पनि बिस्तारै खुल्दै जान्छन् । दिन घमाइलो हुन्छ । त्यही कारण यस पर्वलाई उत्साहको पर्वका रुपमा मनाइने गरिन्छ । नेपालका सबै हिन्दू समुदायले यस पर्वलाई मनाउने गरेका छन् । तर, मनाउने पद्धति फरक छ । जस्तो, थारुले माघी भनेर मनाउँछन् । मगरले नयाँ वर्षका रुपमा लिन्छन् । किराँतले यले संवत् भनेर मनाउँछन् । तर, सबैले स्नान गरेर चोखो हुने, भगवान्को उपासना गर्ने, घ्यु, चाकु, कन्दमूल, कालो मासको खिचडीलगायत तागत दिने खानेकुरा खाने र चेलिबेटी तथा अग्रजहरुलाई दानदक्षिणा गर्ने गर्छन् । सक्ने अवस्था भए स्नानका लागि तीर्थस्थल जानु, नभए घरमै स्नान गर्नु राम्रो मानिन्छ । भूगोल र जातअनुसार मनाउने पद्धति भने केही फरक छ । जस्तो, पाल्पा, गुल्मी र स्या»्जाको संगमस्थल कालिगण्डकीस्थित रिडीमा संक्रान्तिदेखि लगातार तीन दिनसम्म स्नान गरिन्छ । देवघाट र बराह क्षेत्रमा एक दिन स्नान गरिन्छ । लमजु»का गुरु» युवायुवती यस दिन आफ्ना अग्रजहरुको संरक्षकत्वमा पोखराको सेतीस्थित रामघाटमा तीर्थ स्नानका लागि जान्छन् । त्यहाँ माइतीले चेलीको गोडा धोइसकेपछि ढुंगेसाँघुको मेलामा जान्छन् । त्यसपछि पार्दीको बाँध हेर्छन् र डुंगा चढेर फेवातालको विन्द्यवासिनी मन्दिर दर्शन गर्छन् । लिच्छवीकालदेखि चलिआएको गोरु जुधाउने चलन अझै पनि नुवाकोटमा निरन्तर छ । सारमा, माघी मौसमी पर्व हो । उत्साहको पर्व हो । यसले नेपालका सबै जातजातिलाई सांस्कृतिक एकताको सूत्रमा बाँध्ने कामसमेत गरेको छ ।
माघे संक्रान्तिमा विशेष गरी तिलको लड्डु, घिउ, चाकु, खिचडी र कन्दमूल खाने चलन छ । जाडो महिनामा शरीर शुद्ध गरी घिउ, चाकु, तिल र खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढाउन सहयोग गर्छ । तिलको लड्डुमा क्याल्सियमको मात्रा पाइन्छ । जसले गर्दा स्वास्थ्यका लागि पनि फाइदा हुन्छ । यसमा दूधको जत्तिकै क्याल्सियम हुन्छ । यसले चिसोका कारण शरीरमा लाग्ने रोगसँग लड्ने क्षमताको विकास गर्न सहयोग गर्छ । त्यसैले स्वास्थ्यका दृष्टिकोणबाट यसको विशेष फाइदा छ घिउ, चाकु तथा सख्खरको मात्रा मिलाएर खायो भने शरीरलाई शक्ति प्रदान गर्छ। घिउले शरीरलाई आवश्यक चिल्लो पदार्थ प्रवाह गर्ने र शरीरलाई बलियो बनाउने काम गर्छ । सख्खर चिनीबाट मात्रै नभएर विभिन्न तत्त्वबाट बनाइने हुँदा खनिज पदार्थको रुपमा समेत काम गर्छ। माघे संक्रान्तिमा घरतरुल, वनतरुल, पिँडालु, सिमल तरुल, स्कुसको जरा, सख्खरखण्ड आदि पनि खाइन्छ । तरुलमा भिटामिन सी र पोटासियम पाइन्छ पिँडालु भिटामिन सी पाइन्छ, साथै फाइभर पनि पर्याप्त मात्रामा पाइन्छ सख्खरखण्डमा प्रशस्त मात्रामा भिटामिन ए पाइन्छ । यसले आँखालाई तेजिलो बनाउन पनि मद्दत गर्छ । अर्को, शारीरिक विकासमा पनि सहयोग गर्छ। रोगसँग लड्ने अत्यधिक क्षमता विकास गर्छ । किन खाने घिउ, चाकु, तरुल र पिँडालु ? ः जाडो महिनामा शरीर शुद्ध गरी घिउ, चाकु, तिल र खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढाउन सहयोग गर्छ । तिलको लडडुमा क्याल्सियमको मात्रा पाइन्छ । जसले गर्दा स्वास्थ्यका लागि पनि फाइदा हुन्छ । यसमा दूधको जत्तिकै क्याल्सियम हुन्छ । यसले चिसोका कारण शरीरमा लाग्ने रोगसँग लड्ने क्षमताको विकास गर्न सहयोग गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।