भक्तपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले तीन सय बेडमा संचालन भएका अस्पतालहरुले एमबिबिएस पढाउने व्यवस्था ऐनमा पारित भएको जनाएका छन् । नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरले आइतबार गरेको साक्षात्कारमा उनले आगामी वर्षदेखि पढाई संचालन हुने जानकारी दिए ।
त्यस अवसरमा उनले पछिल्लो साढे चार बर्षको अवधिमा सडक दुर्घटनामा परेर एक हजार पाँंच सय ३० जनाभन्दा बढीले अनाहकमा ज्यान गुमाएको जनाए । उनले भने, “त्यसकारण भक्तपुरको सूर्यविनायक मात्र नभई, जहाँजहाँ हाइवेसंग जोडिएका अस्पतालहरु छन्, त्यहाँ हामीले ट्रमा सेन्टरको रुपमा विकास गर्नुपर्छ भनेर लागिरहेका छौँ । उनले धेरै मृत्यु समयमा अस्पताल पुरयाउन नसकेर भएको जनाए ।
मन्त्री थापाले स्वास्थ्य क्षेत्रलाई विश्वासिलो बनाउन मापदण्ड तय गर्दै पोलिक्लिनिक तथा मेडिकलको अनुगमन गरिरहेको जानकारी पनि दिए ्। उनले यसपटक जम्मा आठ सय कोटा भएको नर्सिङ्गमा ६ हजार चार सय जनाले नर्सिङ्ग पढ्न फर्म भरेको उल्लेख गरे । उनले नेपालमै नर्सिङ्ग पढ्ने उपयुक्त वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याए । उनले एक सय बेडमा संचालन भएका अस्पतालहरुमा नर्सिङ्ग पढाउने व्यवस्था ऐनमा पारित भएको पनि बताए ।
मन्त्री थापाले भक्तपुरलाई देशकै सबैभन्दा सानो र धेरै जनघनत्व भएको जिल्ला बताउँदै, सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्न सकेमा काभ्रे, सिन्धुपालचोक, रामेछाप, दोलखा र सिन्धुलीका बिरामीलाई पनि सेवा दिन सकिने बताए । प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

