Prithvi Post

ललितपुर । भक्तपुर र ललितपुरकाे सिमानास्थित लुबुँमा याेगनरेन्द्र मल्लकालीन शिवलिङ्ग भेटिएको छ ।
महालक्ष्मी नगरपालिका वडा नं. ८ लुबुँकाे अन्नडाेलमा मल्ल राजा याेगनरेन्द्र मल्ल नामांकित शिवलिङ्ग फेला परेको हाे । उक्त ठाउँमा घर बनाउने प्रयाेजनका लागि इनार खन्ने क्रममा शिवलिङ्ग भेटिएकाे स्थानीय प्रकाश थापाले जानकारी दिए ।
उनले साे शिवलिङ्ग आफ्नो घरमा सुरक्षित राखेका छन् । अक्षर उत्कीर्ण शिवलिङ्गकाे ऐतिहासिकताबारे अध्ययन गर्न उपप्राध्यापक सुरेश बखुन्छें, सञ्चारकर्मी हरिसुन्दर छुकां, आर्किटेक्ट सिर्जना प्रजापति र इन्जिनियर तुल्सीलाल बासुकलाकाे टाेली उक्त स्थानमा पुगेका थिए ।
टाेलीले उक्त शिवलिङ्गमा उत्कीर्ण अक्षर र शब्द अध्ययन गर्ने क्रममा उक्त शिवलिङ्ग याेगनरेन्द्र मल्लकालीन भएकाे पत्ता लागेकाे हाे । उक्त शिवलिङ्गमा नेपाल संवत् ८१६, याेगनरेन्द्र मल्ल, शिवलिङ्ग, न्येमा, , लुवु, माघ शुक्ल लगायतका अक्षर फेला परेका छन् ।
साे शिवलिङ्गकाे गाेलाई १२ इन्च, जलद्राेणीसहित १६ इन्च र उचाइ ६ इन्च रहेकाे छ । केही भाग चाेइटिएकाे कारण अध्ययनमा केही कठिनाइ भएकाे छ ।  शिवलिङ्गमा रहेकाे अभिलेखकाे लिप्यान्तरपछि थप तथ्य खुल्ने टाेलीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।