काठमाडौं । सिमेन्टको मूल्यबृद्धि नियन्त्रमा सहमति जुटेको छ । सरकार र सरोकारवालाहरुवीच शुक्रबार यस विषयमा सहमति भएको जनाइएको हो ।
सहमति अनुसार साउन महिनाको एभरेज रेटलाई बेस रेट मानी सिमेन्टको उद्योगको उत्पादन मूल्य अनुसार अधिकतम प्रतिबोरा ११५ रुपैयाँं भन्दा नवढाई विक्रीवितरण गर्ने सहमति भएको छ । साथै बजारमा सिमेन्टको अभाब हुन नदिने सहमति पनि भएको छ । साथसाथै यस आवमा थप मूल्यबृद्धि नगर्ने सहमति पनि भएको छ ।
नेपाल सिमेन्ट संघ, संयुक्त निर्माण व्यवसायी मञ्च र नेपाल निर्माण व्यवसायी महासंघवीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रत्यक्ष निगरानीमा सहमति भएको हो । यसअघि सहमतिका लागि पुस १७ गतेदेखि यस विषयमा निरन्तर वार्ता चलिरहेको थियो ।
सहमितमा नेपाल निर्माण उद्योग परिषद्का अध्यक्ष वलीभद्र राना, नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघका हुमनाथ कोइराला, नेपाल राष्टिय निर्माण व्यवसायी संगठनका अध्यक्ष शिवप्रसाद भटराई, राष्टिय प्रजातान्त्रिक निर्माण व्यवसायी संगठनका अध्यक्ष टोपबहादुर श्रेष्ठ र नेपाल निर्माण उद्योग परिषद्का महासचिव एवं संयुक्त निर्माण व्यवसायी मञ्चका सदस्य सचिव रामशरण देउजाले हस्ताक्षर गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

