भक्तपुर । भक्तपुरको जगातीबासीले पुरानो जगाती बस स्टप अन्यत्र सार्न खोजिएको भन्दै व्यग्यस्वरुप बस स्टप आसपास मंगलबार साइन बोर्डहरु टाँंगेका छन् । जगाती वस स्टप संघर्ष समितिले बस स्टपको वरिपरिका विभिन्न ठाउँंहरु पोलहरुमा साइन बोर्ड टाँंगेका हुन् ।
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको राजमार्ग खण्ड अहिले विस्तारको क्रममा छ । राजमार्ग विस्तारको क्रममा दसकौंदेखिको वस स्टप हटाई अन्यत्र राख्ने डिपिआर बनेको पतो पाएपछिबाट स्थानीय आन्दोलित छन् । पुरानै ठाउँंमा बस स्टप हुनुपर्ने माग उनीहरुको छ । स्थानीय ९४ घरधुरीले हस्ताक्षर गरी सडक विस्तार आयोजना कार्यालयलाई ध्यानाकर्षणपत्र पनि बुझाइसकेका छन् । संघर्षका विभिन्न कार्यक्रमहरुको क्रममा साइन बोर्डहरु टाँंगेको संघर्ष समितिका संयोजक सीताराम खाइतुले जनाए । उनका अनुसार समितिले यसअघि पनि निरन्तर संघर्षका विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

