भक्तपुर । रामेछापका संयोगबहादुर वडुवालाई थाहा छ, धेरै विद्यार्थीहरु अनेक वहानामा विदेश जाने गरेको । तर उनी भने आफनै देशमा केही गर्ने योजनामा छन् । ‘म जे गर्छु आफनै देशमा गर्छु, वडुवालले भने, ‘बरु सानै किन नहोस् आफनै देशमै बसेर गर्छु ।’ उनी नेपालमै आफनै केही व्यवसाय गर्ने सोचमा छन् । सानोतिनो भए पनि जे पनि आफनै व्यवसाय गर्ने उनको मनसाय हो । ‘सानातिनो पसल थाप्ने वा व्यवसाय गर्ने काम गर्ने योजना छ, उनले आफनो भविष्यको योजना सुनाउँंदै थपे, ‘केही पसल थाप्ने वा अरु नै केही हुनसक्छ ।’
त्यसका लागि बुबाले पुँजी राखिदिने वचन दिएको उनले सुनाए । उनका अनुसार उनका बुबा रिटायर्ड आर्मी हुन् । बडुवाल अहिले ख्वप मावि देकोचा भक्तपुरमा मानविकी संकायमा कक्षा १२ अध्ययनरत छन् । पढाईमा मेहनती उनी देशमै संघर्ष गर्ने योजनामा छन् । धेरै युवाहरु अन्धाधुन्ध विदेश पलायन भइरहेको यो बेला बडुवालमा भने थोरैमात्रै भए पनि देशप्रेम देखिन्छ । उनको पुख्र्याैली घर रामेछाप भए पनि उनको परिवार नै अहिले भक्तपुरमा छन् । उनी भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ३ झौखेलमा परिवार सहित वस्छन् ।
उनको परिवारमा आमा, बुबा, एक दाजु र उनी गरी चार जनाको परिवार छ । प्राथमिक शिक्षा गाउँंबाटै पाएको र माध्यमिक शिक्षा भक्तपुरबाट लिएको उनले सुनाए । आफूले एसइई परीक्षा भक्तपुर नगरपालिका वडा नं २ कालिघाट व्यासीबाट लिएको उनले सुनाए । पढाईमा अव्वल उनी आफूलाई रयापमा पनि भएको बताउँंछन् । ‘मलाई रयापमा पनि रुचि छ, उनले भने, साइड कामको रुपमा यसलाई पनि अगाडि वढाउने योजनामा छु ।’ अहिले यसैका लागि आफूले पत्रकारिता पढेको उनी सुनाउँंछन् ।