८ पुस, काठमाडौं । नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता नेपाल टी–२० लिग शनिबारदेखि सुरु हुने भनिएको छ । तर यसको महशुस खेलाडी र समर्थकमात्र होइन, नेपाल क्रिकेट संघ (क्यान)कै पदाधिकारीहरुले गर्न सकिरहेका छैनन् । किनकी दुई वर्षदेखि चर्चामा रहेको प्रतियोगिताले विश्वसनीयता गुमाइसकेको छ ।
विवादित सेभेन थ्री स्पोर्टसले यो प्रतियोगिताका लागि क्यानसँग कमर्सियल र स्ट्टेजिक साझेदारीको सम्झौता गरेको छ । पछिल्लोपल्ट शुक्रबारका लागि निर्धारित प्रतियोगिता एक दिन सारेर क्यानले पुरस्कार राशी, स्थानीय ब्रोडकास्टरबारे निर्णय गर्यो, शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरी भोलि खेल सुरु हुने बतायो । तर अहिलेसम्म राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अहिलेसम्म नेपाल टी–२० लिग खेल्ने विदेशी खेलाडीका लागि श्रम स्वीकृतिका लागि सिफारिस पत्र दिएको छैन ।
एक सातादेखि क्यान कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लसहितको एउटा टिम विदेशी खेलाडीको श्रम स्वीकृतिका लागि सिफारिस लिन राखेप मुख्यालय त्रिपुरेश्वर धाइरहेका छन् । तर सिफारिसका लागि स्वीकृति पाएको छैन ।

