Prithvi Post

भक्तपुर । भक्तपुर लेडी जेसीज वर्ष २०२५ को अध्यक्षमा जेसी सरु शिल्पकार भएकी छिन् । भक्तपुरमा संयुक्त पदस्थापन तथा पुरस्कार वितरण समारोहमा उनलाई एक कार्यक्रमवीच पद हस्तान्तरण गरिएको छ । २०२४ का अध्यक्ष जेसी प्रजु मुखियाले पद हस्तान्तरण गरिन् । सरु भक्तपुर लेडी जेसीजको ३२ औ अध्यक्ष हुन् । कार्यक्रममा अन्य जेसीजहरुको पनि पद हस्तान्तरण गरिएको थियो ।
नेतृत्व र व्यक्तित्वको विकास संसारभर जेसीज क्रियाशिल छ । यसले समाजको विकास भन्दा पनि युवा लक्षित कार्यक्रमहरु गर्दै आएको छ ।
एक वर्ष, एक युवा, एक पद भन्ने नाराका साथ जेसीज क्रियाशिल छ । यसमा वढीमा ४० वर्षसम्म मात्रै रहेर काम गर्न पाइन्छ । यसले युवाहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न युवा लक्षित कार्यक्रमहरु, तालिमहरु सञ्चालन गर्ने गर्दछ ।
सामाजिक संस्था जेसीज अन्तराष्टिय रुपमा ११० औ र नेपालमा ६१ वर्षमा छ । कार्यक्रमको प्रमुख अतिथि भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।