Prithvi Post

काठमाडौं इन्जिनियरिङ कलेज, कालिमाटीमा माघ २१ र २२ गते सरस्वती पूजा र च्यारिटी शो सम्पन्न भयो ।

कार्यक्रममा कलेजका अध्यक्ष तथा प्राचार्य प्रोफेसर इन्जिनियर हिरेन्द्रमान प्रधानले त्याग, तपस्या र ध्यानले मात्रै ज्ञान प्राप्त हुने भएकाले विचलनका तत्ववाट विद्यार्थीहरु वच्नुपर्ने  प्रस्ट पार्दै शिक्षाको विकासले नै देश विकासको आधार तयार हुने वताउनु भयो ।

प्राचार्य प्रधानले सभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रोनिक्स, कम्युनिकेशन एण्ड इन्फर्मेशन इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ र आर्किटेक्चर कार्यक्रमका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै  सर्वोत्कृष्ट नतिजाले गर्दा नै काठमाडौं इन्जिनियरिङ कलेज विद्यार्थीको आकर्षणको केन्द्र भएको र भविष्यमा पनि यो श्रेष्ठता कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

कलेजका सिनियर उपप्राचार्य एसोसिएट प्रोफेसर आर्किटेक्ट शैलिता जोशी र उपप्राचार्य इ. अर्जुन पौडेलले खेलकूद, गीत, संगीत, नृत्य लगायत अतिरिक्त कृयाकलापका विजेता र उपविजेता पदक तथा पुरस्कार वितरण गर्नुभयो ।

सरस्वती पूजा पछि मिथिला आर्ट, पेन्टिङ, खाना, रंगोली, मेहेन्दी प्रतियोगिता र साँस्कृतिक कार्यक्रम पनि गरिएको थियो ।

माघ २२ गते च्यारिटी शो गरिएको थियो । कम्प्युटर विभागका एसोसिएट प्रोफेसर इ. श्रीकृष्ण सुलुले  च्यारिटी शोवाट उठेको रकम सिन्धुपाल्चोक जिल्ला, जुगल गाउँपालिकस्थित श्री कुनेगाउँ विद्यालय र श्री देउराली विद्यालयका विद्यार्थीलाई सहयोग गर्ने वताउनु भयो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।