Prithvi Post

काठमाडौ । शिक्षाविद्हरुले कितावी ज्ञानले मात्रै बालबालिकाको सिकाई अधुरो र अपुरो हुने विचार पोखेका छन् । उनीहरुले समय अनुसार विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन विद्यार्थीको रुचि र क्षमतालाई ध्यानमा राखी सहशैक्षिक क्रियाकलाप तथा अतिक्ति क्रियाकलापमार्फत् विद्यार्थीलाई आफना प्रतिभा फक्रने र फुल्ने अवसर प्रदान गर्नुपर्नेमा जोड दिए । आजका विद्यार्थी भनेका भोलिका योद्धा हुन् र देशको सर्वांगिन विकासका मेरुदण्ड पनि, एभरेस्ट स्कुलको बिहीबार भक्तपुरमा भएको इसिए पुरस्कार वितरण तथा साँंस्कृतिक कार्यक्रममा उनीहरुले भने, त्यसकारण आजका विद्यार्थीलाई समय सुहाउँदो शिक्षा दिनुपर्छ ।
कार्यक्रममा शिक्षाविद् रामगोपाल कर्माचार्यले नानीहरुको क्षमता पहिचान गरी उनीहरुको रुचि अनुसार प्राथमिकतामा लानुपर्नेमा जोड दिए । चार दसक भन्दा वढी समय शिक्षा क्षेत्रमा योगदान गरेका उनले आजका विद्यार्थीलाई भविष्यको सम्भाबनालाई ध्यानमा राखी खेलकुद्, नृत्य, गायनलगायतमा अभ्यस्त बनाउनुपर्नेमा जोड दिए । स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले स्कुलले विद्यार्थीका सर्वांगन विकासका लागि प्रतिवद्ध भएर लागिपरेको बताए । कार्यक्रममा विद्यालयले गरेको विभिन्न प्रतियोगिताका उत्कृष्टलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा धिमे बाजा, नृत्य, गायनलगायतका विभिन्न प्रतियोगिताहरुमा उत्कृष्टलाई पुरस्कृत गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।