Prithvi Post

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) काे आधार क्षेत्र भक्तपुर नगरपालिकाकाे १० वटै वडामा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन विस्तार भएकाे छ । शनिबार रास्वपाकाे भक्तपुर जल्ला कार्यालयमा भक्तपुर नगर समितिले संयुक्त वडा भेला आयाेजना गरि १० वटै वडामा संगठन विस्तार गरेकाे हाे । रास्वपा केन्द्रीय सदस्य एवं प्रमुख सचेतक सन्ताेष परियारकाे प्रमुख अतिथिमा सम्पन्न भेलाले वडा १ काे संयाेजकमा कुमार दुवाल चयन गरेकाे छ । यस्तै, वडा २ मा कृष्ण सुन्दर सैजु, वडा ३ मा नारायण प्रसाद शिल्पकार, वडा ४ मा संजय जाेन्छे, वडा ५ मा सुमन शिल्पकार, वडा ६ मा दिल भक्त सुवाल, वडा ७ मा जय गाेपाल कायस्थ, वडा ८ मा मदन तामराकार, वडा ९ मा जयराम प्रधान र वडा १० मा विकास फाेजु संयाेजक चयन गरेकाे छ । भेलामा रास्वपा भक्तपुर जिल्ला सभापति रामेश्वर बस्नेत, युवा नेता साजन विश्वकर्मा, जिल्ला सचिव रूकेश रन्जितकार, चाँगुनारायण नगर सभापति राेशन थापा लगायतका उपस्थित रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।