Prithvi Post

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ग्वार्काे फ्लाई ओभरको निर्माण चैत मसान्तसम्म सकिने बताएका छन् । मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले हालसम्म परियोजनाको भौतिक प्रगति ८२ प्रतिशत पुगेको बताए ।

निर्माण कम्पनी आरसी, समानान्तर र रेलिग्रे जेभीले एक महिना काम छाडेर २२ माघदेखि काम सुरु गरेका छन् । त्यसमा चैत मसान्तसम्म काम सक्ने गरी काम भइरहेको मन्त्री दाहालले बताए ।

‘ललितपुरको ग्वार्कोमा फ्लाई ओभर निर्माण गर्ने कार्य माघ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेकोमा ८२ प्रतिशत कार्य सम्पन्न भएको छ । फिल्डमा देखिएका केही प्राविधिक विषयलाई सम्बोधन गरी चैत मसान्तभित्र कार्य सम्पन्न गर्ने गरी काम भइरहेको छ,’ उनले बताए ।

यस्तै, सात महिनाको अवधिमा मन्त्रालयले २८.१५ प्रतिशत बजेट खर्च गरेको पनि उनको भनाइ छ । मन्त्रालयले यो सात महिनामा दुई लेनका दुई सय ४६ किमि र दुई लेनभन्दा माथिको सडक ३०.५८ किमि सडक कालोपत्रे भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।