Prithvi Post

काठमाडौं । देशका अग्रज र वरिष्ठ निर्माण व्यवसायीहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसँग निर्माण व्यवसायीका समस्या र समाधानकाबारे बृहत र सकारात्मक सम्बाद सम्पन्न भएको छ । छलफलमा निर्माण व्यवसायीहरूले सामना गरिरहेका समस्या र तिनका समाधानका उपायहरूबारे खुलेर छलफल भएको छ ।
उक्त अबसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण व्यवसायसँग सम्बन्धित समस्यासँग आफू जानकार रहेको र ती समस्या समाधानका लागि बर्तमान कानुनमा सकारात्मक संशोधन गर्न आफू र बर्तमान सरकार सकारात्मक रहेको धारणा समेत व्यक्त गर्नुभएको छ ।
एकदमै घटी दररेट कबोल गरेका कारण गुणस्तरीय निर्माणमा आएको ह्रास र बिकास निर्माणमा मुलुकले भोग्नुपरेको यो विषम परिस्थितिबाट छुटकारा दिलाउन र समग्र अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन चाल्नुपर्ने आवश्यक कदमहरूबारे पनि खुलेर छलफल भयो । उक्त अबसरमा प्रधानमन्त्री ओलीले पूर्वाधार विकासका कार्यहरुलाई सरकारले प्रमुख प्राथमिकता दिएको र आफ्नो सरकारले लिएको सुखी नेपाली र समृद्ध नेपाल बनाउने संकल्प साकार बनाउने नै आफ्नो प्रमुख उद्देश्य र लक्ष्य रहेको र त्यसका लागि निर्माण ब्यबसायीहरुले सहयोगी भुमिका निर्वाह गर्न सबैलाई हार्दिक आग्रह पनि गर्नुभयो ।
यो भेटघार, छलफल र पहल निर्माण उद्योगका बिद्यमान समस्याहरु समाधान गर्ने दिशामा सकारात्मक रहेको देखिन्छ । निर्माण व्यवसायसँग सम्बन्धित कानुन निर्माणमा सरकार सदैब सकारात्मक रहेको र छिट्टै सत्तारुढ दल बिच गठन भएको उच्चस्तरीय राजनैतिक कार्यदल र सबै राजनैतिक पार्टीहरु बिचको साझा धारणा अनुसार निर्माण उद्योगका समस्या समाधान गरिनेमा ढुक्क रहन प्रधानमन्त्रीले सबैलाई आश्वस्त पार्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।