Prithvi Post

भक्तपुर । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., इताछें, भक्तपुरको आ.व. २०८१÷०८२ को अर्ध बार्षिक समिक्षा कार्यक्रम साविक भक्तपुर नपा वडा नं. १५ का पूर्व वडा अध्यक्ष एवं संस्थाका संस्थापक सदस्य रविन्द्र खर्बुजाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा बोल्दै खर्बुजाले सहकारी संस्थाहरुले विभिन्न माध्यमबाट सदस्यहरुलाई जानकारीमूलक सुचनाहरु नियमति रुपमा प्रवाहित गर्नुपर्ने बताउनु भयो । समाज परिवर्तनको मुख्य आधारको रुपमा समुदायमा आधारित सहकारीहरुले प्रमुख भुमिका खेल्नुपर्ने बताउदै आर्थिक पारदर्शिताले नै सहकारी प्रति विश्वास बढ्ने कुरा औल्याउनु भयो । यहि फागुन ८ गते भक्तपुरमा सहिद दिवस मनाउनुको अन्तर्य खोतल्दै पंचायती निरंकुशता अन्त्यको बिउ भक्तपुरबाट रोपेको बताउनु भयो । नेपाल मजदुर किसान पार्टी नेपालको कम्युनिष्ट आन्दोलनको प्रकाशस्तम्भको रुपमा रहेकोले यहि फागुन १६ गतेदेखि हुन गइरहेको पार्टीको ८ औं महाधिवेशनको सफलताको कामना गर्दै विभिन्न समयमा पार्टीबाट आयोजना गरेका भक्तपुर काठमाडौं ¥यालीबाट प्राप्त महत्वपूर्ण उपलब्धीहरुको बारेमा चर्चा गर्नुभयो ।
भक्तपुर नगरपालिका २ का वडा जनप्रतिनिधि एवं संस्थाका संस्थापक अध्यक्ष श्यामसुन्दर मातांले सरकारबाट जारी गरेको सहकारी अध्यादेशले ठुलालाई चैन सानालाई ऐन हुन टेवा पुग्ने बताउनु भयो । भक्तपुर नगरपालिकाले नगरभित्रका समस्याग्रस्त सहकारीहरुको नियमित अनुगमन एवं पहिचान गरी जनतालाई सु–सुचित पार्ने कार्य गरिरहेको बताउनु भयो । भक्तपुर नगरलाई नमुना नगरको रुपमा विकास गर्न शिक्षा, स्वास्थ्य, खेलकुद, स“स्कृति, प्रविधि तथा नैतिक शिक्षालाई पनि उतिकै जोड दिदै अगाडि बढिरहेको बताउनुभयो । नगरपालिकाको उद्देश्यलाई टेवा पु¥याउन नगरभित्रका सहकारीहरुबाट हातेमालो गरि अगाडि बढेकोमा खुसी व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष राजन जतिले संस्था स्थापनाकाल देखि नै सदस्यहरुको आर्थिक सामाजिक विकासको लागि विभिन्न समय सापेक्ष गतिविधिहरु गरिरहेको बताउनु भयो । सरकारबाट जारी अध्यादेशले समुदायमा आधारित सहकारीको हित नहुने औल्याउदै अध्यादेमा संशोधन गर्नुपर्ने बु“दाहरु सम्बन्धी जानकारी दिनुभयो । संस्थाले विभिन्न सहकारीहरुमा देखिएको समस्याहरुको मिहिन विश्लेषण गर्दै सदस्यहरुको निक्षेप सुरक्षण सहित ऋणीहरुको व्यावसायिक प्रगतिको लागि प्रोत्साहन गर्दै आएको बताउनु भयो । संस्थाका पुर्व अध्यक्ष रामसुन्दर सुजखुले सहकारी अध्यादेशमा परिमार्जनको लागि सम्पूर्ण सहकारीकर्मीहरु एकजुट हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा संस्थाका लेखासुपरिवेक्षण समितिका संयोजक लक्ष्मीभक्त दुवालले लेखा प्रतिवेदन, सचिव राजु छुकांले अर्ध बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष पुण्यराम स्वंगमिखाले आर्थिक प्रतिवेदन र विभिन्न ९ वटा उप–समितिहरुबाट आ–आफ्नो प्रतिवेदनहरु प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संस्थाका प्रबन्धक प्रशान्त मानन्धरले पनि बोल्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।