Prithvi Post

सत्य राम कासिछ्वा

तिमीलाई सत्तामा पुर्याउने त्यो मताधिकार
जनताको जीवनप्रति किन निष्ठुरी सरकार
यो कस्तो प्रजातन्त्र हो ?

सामान्य जनताको जीवनमा अनेकौं कर
आजीवन सेवा सुविधा पाउने कस्तो रहर
यो कस्तो प्रजातन्त्र हो ?

मताधिकार प्राप्त जनताको सेवामा जरिवाना
तर शक्तिको आडमा हुन्छ अपराधी मिनाहा
यो कस्तो प्रजातन्त्र हो ?

जनताको सेवा सुविधामा कटौतीको लुट
जन्मकैदको अपराधी भ्रष्टचारीलाई छुट
यो कस्तो प्रजातन्त्र हो ?

समानता र समतामूलक समाजको लक्ष्य
बीर सहिदको बलिदानमाथि किन अन्याय
यो कस्तो प्रजातन्त्र हो ?

जनताले उपभोग नगरेको प्रजातन्त्रको लाभ
अभियुक्तले उन्मुक्ति पाउने कस्तो शुभलाभ
यो कस्तो प्रजातन्त्र हो ?

राणाको १०४ वर्षे निरंकुशता फालेका जनता यहाँ
अझै पनि दल र कर्मचारी तन्त्रको जहानियाँमा
यो कस्तो प्रजातन्त्र हो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।