Prithvi Post

नेपाल राष्ट्रिय विश्व हिमनदी, जल तथा मौसम सप्ताह २०२५ अन्तर्गत आज ललितपुरको चाकुपात स्थित युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजमा दुई दिने हिम जलविज्ञान तालिम समपन्न भएको छ।

हिउ पग्लिएर कति पानी बग्दछ, तापक्रम बढ्दा हिमतालको सतह कति बढ्छ र हिम नदी कति पछाडि हट्छ, भन्ने विषयहरूमा पूर्वानुमान लगाउन अति उपयोगी जाम्स जे२००० नामक सफ्टवेयर विश्वका धेरै देशहरूमा प्रयोग भइरहेका छन्।

विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ)को आह्वानमा हरेक वर्ष मे महिनाको तेस्रो हप्तामा उक्त संगठनका सबै सदस्य राष्ट्रहरूमा विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाइने सप्ताह यस वर्ष नेपालमा चैत्र ४ देखि १० गते सम्म परेको छ। नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार जल तथा उर्जा आयोगको सचिवालयको नेतृत्वमा नेपालका सरकारी तथा गै.स.स.हरूले उक्त सप्ताहमा विभिन्न कार्यक्रमहरू आयोजना गर्ने गर्दछन्।

यसै अन्तर्गत अन्तरराष्ट्रिय जल व्यवस्थापन संस्थान (इमि)ले जल तथा मौसमविद् समाज-नेपाल (सोहम), एभरेष्ट इन्जिनियरिङ कलेज, द स्मल अर्थ नेपाल (सेन) र युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजको सहकार्यमा जल विज्ञान विधामा संलग्न नेपाली महिला प्राविधिकहरूलाई जाम्स जे२००० नामक सफ्टवेयर सफ्टवेयरको तालिम कार्यक्रम सञ्चालन गरेको हो। उक्त सफ्टवेयर प्रयोग गरी हिउँ पग्लिएर बग्ने पानीको मात्राको अनुमान कसरी गर्ने, हिउँ पग्लिँदा तल्लो भेगमा बग्ने खोलाको बहावमा कस्तो असर पर्छ, र तापक्रममा वृद्धी भई धेरै हिउँ पग्लिँदा भविष्यमा सुख्खा याममा खोलाहरू कत्तिको सुक्छ भन्ने विषयमा दुधकोशी जलाधारको तथ्याङ्कको आधारमा तालिम दिइएको थियो। दुई दिने तालिमबाट सरकारी, गै.स.स., निजी कम्पनी तथा विश्वविद्यालयका विद्यार्थी गरी १५ जना महिला प्रशिक्षार्थीहरू लाभान्वित भएका छन्।

कार्यक्रमको समापन सत्रमा अन्तरराष्ट्रिय जल व्यवस्थापन संस्थान (इमि), जल तथा मौसमविद् समाज-नेपाल (सोहम), द स्मल अर्थ नेपाल तथा युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजका प्रतिनिधिहरूले सफल प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए।

आफुले आर्जन गरेको सीपबाट हिम जलविज्ञान सम्बन्धी आफ्नो शोध र थेसिस लेखनमा प्रयोग गर्न सकिने अभिव्यक्ति प्रशिक्षार्थीहरूले दिएका थिए। कार्यक्रमका मूल स्रोत व्यक्ति इमिका प्रख्यात हिम जलविज्ञ श्री सौरम प्राधानाङ्गले तालिमबाट प्राप्त सीपको निरन्तर प्रयोगबाट प्रशिक्षार्थीहरूको क्षमता थप अभिवृद्धि हुने जनाए।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।