Prithvi Post

भक्तपुर । गृहमन्त्री रमेश लेखकले बुधबार भक्तपुरको दुधपाटीस्थित जुद्ध बारुण यन्त्र कार्यालयको नयाँ कार्यालय भबनका एक समारोहवीच उदघाटन गरे । गृहमन्त्री लेखकले भवन शिलालेख आवरण गरेका हुन् । त्यहाँं कार्यालयको नयाँं भव्य भबन निर्माण सम्पन्न भएको हो ।
कार्यक्रममा कार्यालय प्रमुख विजय धौभडेलले नवनिर्मित कार्यालय भबनबारे जानकारी गराए । कार्यक्रममा प्रमुख अतिथि गृहमन्त्री लेखक, सांसद् दुर्लभ थापा, गृहसचिव गोकर्णमणि सुवेदी, भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, पत्रकार महासंघ भक्तपुरका सभापति सुन्दर शिल्पकारलगायतले आआफनो धारणा राखेका थिए । कार्यक्रममा सघीय सांसद् प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलगायतका अतिथिहरु अनुपस्थित थिए । कार्यक्रममा अनुपस्थित भएकोमा सांसद दुलर्भ थापा, पूर्व जिल्ला समन्वय समितिका अध्यक्ष नवराज कोइरालालगायतले आलोचना गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।