Prithvi Post

९ पुस, काठमाडौं,
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा इन्टरनेट सेवा अवरुद्ध हुने गरी कदम नचाल्न नेपाल विद्युत प्राधिकरणलाई आग्रह गरेको छ ।

विद्युत प्राधिकरणले केही दूरसञ्चार सेवा प्रदायकहरुको विद्युत लाइन काटिदिँदा देशका धेरै ठाउँमा इन्टरनेट सेवा अवरुद्ध भएको र बैंकिङ, हवाइ सेवा लगायत अत्यावश्यक सेवा अवरुद्ध हुन पुगेको भन्दै उसले अत्यावश्यक सेवा अवरुद्ध गर्नु दण्डनीय भएको स्मरण गराएको छ ।
प्राधिकरणले दूरसञ्चार ऐन २०५३ स्मरण गराउँदै इन्टरनेट सेवा अवरुद्ध गरेमा दण्डनीय हुने बताएको हो ।

‘यसरी दूरसञ्चार सेवा अवरुद्ध गर्ने कार्यप्रति प्राधिकरण गम्भीर दुख व्यक्त गर्दछ । राज्यको अति आवश्यक दूरसञ्चार सेवा अवरुद्ध गर्ने जो कोहीलाई कानुनी कारबाही गर्न र यस्ता पूर्वाधारहरुको सुरक्षा गर्न सम्बन्धित सबैलाई अनुरोध गर्दछौं’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्राधिकरणले हरेक समस्याको समाधान वार्ताबाट हुन सक्ने भन्दै सबै पक्ष बसी आपसी छलफलबाट समाधान गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।