९ पुस, गोरखा,
गोरखा नगरपालिका–७ डण्डीडाँडामा निर्माण भएको बसपार्क दुई वर्षसम्म प्रयोगविहीन छ । बस पार्किङका लागि बनाइएको सो स्थल हिजोआज खेल मैदान बनेको छ । बसपार्कको दुई किनारमा गोलपोस्ट राखिएको छ । यहाँ विहान बेलुका स्थानीय युवाले फुटबल खेल्ने गरेका छन् ।
गोरखा सदरमुकामको पार्किङ व्यवस्थित गर्ने उद्देश्यले आर्थिक बर्ष २०७५/७६ देखि संघीय सरकारको बजेटमा सिनर्जी/क्रिष्टल/सचेत जेभीले बसपार्क निर्माण सुरु गरेको थियो । करिव १५ सय रोपनी जग्गामा बनाइएको बसपार्कमा छेउछाउमा दुई हजार ५७१ घनमिटर टेवा पर्खाल लगाइएको छ, व्यवस्थित नाला बनाइएको छ । जमिन सम्याएर ग्राभेल गरिएको छ ।
९ पुस, गोरखा । गोरखा नगरपालिका–७ डण्डीडाँडामा निर्माण भएको बसपार्क दुई वर्षसम्म प्रयोगविहीन छ । बस पार्किङका लागि बनाइएको सो स्थल हिजोआज खेल मैदान बनेको छ । बसपार्कको दुई किनारमा गोलपोस्ट राखिएको छ । यहाँ विहान बेलुका स्थानीय युवाले फुटबल खेल्ने गरेका छन् ।
गोरखा सदरमुकामको पार्किङ व्यवस्थित गर्ने उद्देश्यले आर्थिक बर्ष २०७५/७६ देखि संघीय सरकारको बजेटमा सिनर्जी/क्रिष्टल/सचेत जेभीले बसपार्क निर्माण सुरु गरेको थियो । करिव १५ सय रोपनी जग्गामा बनाइएको बसपार्कमा छेउछाउमा दुई हजार ५७१ घनमिटर टेवा पर्खाल लगाइएको छ, व्यवस्थित नाला बनाइएको छ । जमिन सम्याएर ग्राभेल गरिएको छ ।
टिकट काउण्टरका लागि ६ कोठे भवन पनि बनेको संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीका इन्जिनियर पुरुषोत्तम पंगेनी बताउँछन् । तर दुई करोड १५ लाख रुपैयाँ खर्चेर बनेका ती संरचना प्रयोगविहीन छन् ।
‘बसपार्क बनेको तीन बर्ष भयो तर आजसम्म यहाँ एउटा बस पनि आएको छैन,’ स्थानीय सीताराम थपलियाले भने, ‘यो बसपार्क प्रयोगमा ल्याउन प¥यो भनेर नगर प्रमुखलाई पटक पटक भन्यौं तर सुनुवाइ भएको छैन ।’ मेयरबाट आश्वासन मात्र पाएको तर बसपार्क सञ्चालनमा नआएको उनले बताए ।