Prithvi Post

३ कार्तिक २०८२, आईतवार

काठमाडौँ, २५ साउन । पशुपति आर्यघाटमा शव दहन गर्ने क्रममा शवबाट मासु र हड्डीको चोरी गरेको अनौठो घटना सार्वजनिक भएसँगै प्रहरीले एक जनालाई पक्राउ गरि अनुसन्धान सुरु गरेको छ । शवबाट मासु र हड्डी निकालेर मसान जगाउने अघोरी बाबालाई बेचिने गरेको समेत प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ । मलामीले दिएको निवेदनका आधारमा गत शुक्रबार पशुपति आर्यघाटमा घाटे काम गर्ने गणेश ढकाललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दा सो कुराको जानकारी भएको बताईएको छ । काभ्रे जिल्लाको बनेपा ९ का राम शाहीको शव अत्येष्टिका क्रममा गत शुक्रबार शव दहन भइसकेपछि मासु झिकेर अन्य व्यक्तिलाई रहस्यमय तवरले दिइएको भन्दै शाहीका मलामीले प्रहरी उजुरी गरेको बताइएको छ ।

उजुरी पाउनासाथ प्रहरीले उक्त शव दहन गर्ने घाटे ढकाललाई पक्राउ गरेर हिरासतमा राखी अनुसन्धान गरि रहेको प्रहरी वृत्त, गौशालाका डीएसपी सुकदेव खनालले बताउनु भएको छ । मानिसको शवबाट मासु र हड्डी चोरी हुने घटनानै प्रहरीका लागि यो नयाँ विषय समेत रहेको छ । जसले गर्दा पक्राउ गरेका व्यक्तिलाई कुन कानुनअनुसार कारवाही र अनुसन्धान गर्ने भन्नेमै अन्यौलता रहेको अहिले प्रहरी रहेको छ । तर डीएसपी खनालले भनते आइतबार अभद्र व्यवहारमा म्याद थप गरी घटनाबारे थप अनुसन्धान गरिएको बताउनु भएको छ ।

घाटे गणेशले मृतक शाहीको शवबाट मासु झिकेर जोगीजस्तो देखिने व्यक्तिलाई पाँच सय रुपैयाँमा विक्री गरेको आरोप शाहीका मलामीले लगाएका छन् । त्यसमध्ये सय रूपैयाँ सहयोगीलाई र चार सय रुपैयाँ ढकाल आफैँले राखेको उनीहरुको आरोप छ । तर, ढकालले भने सो कुरालाई अस्वीकार गर्दै आएको बताईको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0