काठमाडौं २५ साउन । भूमि सम्बन्धी केही नेपाल एेन संशोधन विधेयकमा अस्पष्ट भाषा प्रयोग भएको भन्दै सांसदहरूले असन्तुष्टी जनाएका छन् ।प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आइतबार बसेको बैठकमा सांसदहरुले सो असन्तुष्टी व्यक्त गरेको बताइएको छ । आइतबार भूमि विधेयकको प्रतिवेदनमा आएको भाषा अस्पस्ट रहेको भन्दै सांसदहरूले सो संशोधन गर्नु पर्ने माग राख्दे सो असन्तुष्टि जनाएको बताइएको छ ।
सो बैठकमा नेपाली कांग्रसका सांसद वीरबहादुर बलायरले भूमि विधेयकमा थाहा हुने डरले हो की दुविधायुक्त भाषा प्रयोग गरिएको हो भन्ने बारेमा प्रष्ट नभएको बताउनु भएको छ । उहाँले सांसदहले थाहा पाउँछौं की भनेर पो होकी दुविधायुक्त भाषा विधेयकमा प्रयोग गरिएको भन्दै असन्तुष्टी व्यक्त गर्नुभएको छ ।
अब मन्त्रालयमा विधेयकको भाषा ड्राफ्ट हुन नहुने समेत उहाँले बताउनु भएको छ । सोही बैठकमा माओवादी केन्द्रकी सांसद रुपा चौधरीले विधेयको ड्राफ्ट नै प्रष्ट नभएको भन्दै आपत्ति जनाइन् । उहँले विधेयकको ड्राफ्ट हेर्दै अस्पष्ट र भाषा घुमाउरो रहेकाले तत्काल संशोधन गर्न माग गर्नुभएको छ । रास्वपाका सांसद अशोक चौधरीले पनि अहिले सांसदहरूले नै विधेयकको भाषा नबुझ्दा पछि कार्यान्वयन कसरी हुन सक्ला भनेर प्रति प्रश्न गर्नुभएको छ ।

