Prithvi Post

३ कार्तिक २०८२, आईतवार

काठमाडौं, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशसचिव विक्रम मिस्रीबीच आइतबार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिहदरबारमा शिष्टाचार भेटबार्ता भएको छ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुग्नुभएका सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको हो । भेटमा द्विपक्षीय हीतका विषयमा कुराकानी भइरहेको बताइएको छ ।

आइतबार नै उहाँले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई समेत शिष्टचार भेटबार्ता गर्नुभएको छ । राष्ट्रपति पौडेललाई भेटिसकेपछि सचिव मिस्री बुढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवासंग भेटबार्ता गर्नुभएको छ ।

यसैगरी आइतबार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग पनि भेटबार्ता गर्नुभएको छ। आइतबार दिउँसे परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसँग दुईपक्षीय भेटवार्ता हुने छ। परराष्ट्र मन्त्रालयका सचिव राई र मिश्रबीच द्विपक्षीय बैठक बसेर प्रधानमन्त्री ओलीको भारत भ्रमणका विषयमा एजेन्डा तय गरिने स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमण लम्ब्याउने विषयमा पनि कुराकानी हुने बताइएको छ ।

 

भारत भ्रमणको निम्तो बोकेर भारतीय विदेश सचिब मिश्री काठमाडौंमा

सचिव स्तरीय वार्ता सकेपछि सचिव मिस्रीले परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भेटवार्ता गर्ने कार्यतालिका छ । त्यसपछि परराष्ट्र सचिव राईले भारतीय विदेश सचिव मिस्रीको सम्मानमा रात्रीभोजको आयोजना गर्ने बताइएको छ। भोलि बिहान पशुतपिनाथको दर्शन गरेर सचिव मिश्री स्वदेश फर्किने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0