Prithvi Post

३ कार्तिक २०८२, आईतवार

काठमाडौं, १ भदौ । सरकारले विदेशी निकायसंग ऋण लिएर अर्बौ रुपैयाँ खर्च गरि निमार्ण गरेको भैरहवास्थित गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थल अहिले सुनसान रहेको छ भन्दा फरक पर्दैन । ५ महिनादेखि अन्र्तराष्ट्रिय उडान सो विमानस्थलमा उडान भरेको छैन । भने आन्तरिक उडान समेत नगन्य रहेको छ । अन्तर्राष्ट्रिय उडान नहुँदा सुनसान जस्तै बनेको टर्मिनल, खाली धावनमार्ग र सुस्त व्यापारिक गतिविधिले यहाँको पर्यटन उद्योग मात्र होइन, लगानीकर्ताको मनोबल समेत खस्किन गएको अनुमान अहिले चौतफी रुपमा गरिएको छ ।

सन् २०२५ अप्रिलदेखि कुनै पनि अन्तर्राष्ट्रिय उडान नभएको विमानस्थलमा गत वर्ष असोज–कात्तिकमा भने केही चहलपहल भएको थियो । तर सो चहलपहल लामो समय टिक्न सकेन । कुवेतको जजिरा एयरवेज, फ्लाई दुबई, थाई एयर एसिया, कतार एयरवेज र नेपाल एयरलाइन्सले केही महिना उडान भरे पनि अहिले भने कुनै पनि एयरलाईन्सहरुले उडान भरेका छैनन । जसले गर्दा विमानस्थललाई लक्षित व्यवसाय सुरु गरेका व्यवसायीहरु अहिले चिन्तामा रहेको बताएका छन् । होटेल–रेस्टुरेन्टदेखि ट्याक्सी व्यवसाय अहिले बैंकको ऋण चुक्ता गर्न समेत हम्मेहम्मे भएर बसेको दुखेशो गर्दै आएका छन् ।

२०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको सो विमानस्थलमा अहिले पनि दर्जनौँ सरकारी कार्यालय, सुरक्षा निकाय र आवश्यक पूर्वाधार पूर्ण रूपमा सक्रिय रहेका छन । त्यहा कार्यरत कर्मचारीहरु अहिलो काम विहिन बनेको समेत बताइएको छ । भन्सार, अध्यागमन, स्वास्थ्य डेस्क, इन्धन डिपो, पार्किङ सुविधा सबै भएपनि ती भौतिक सरचना प्रयोगमा आउन सकेको छैन । १४१ मध्ये ८७ कर्मचारी स्थायी, २४ सेवाप्रदायक, ६० दैनिक ज्यालादारी, ७० सैनिक र १८५ प्रहरी सो विमानस्थलमा कार्यरत रहेका छन् ।

सेवाप्रदायकको गतिविधि उडान विहीन विमानस्थलमा सीमित प्रशासनिक काम मात्र हुदै आएको छ अरु सवै प्रायः बन्द रहेको छ भन्ने फरक पदैन । निर्माणमा ७ अर्ब र मुआब्जामा २२ अर्ब रुपैयाँ गरि कुल २९ अर्ब रुपैयाँभन्दा बढी रकम खर्चिएर सञ्चालनमा ल्याइएको सो विमानस्थल अहिले काम विहिन हुदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0