Prithvi Post

४ कार्तिक २०८२, सोमबार

काठमाडौं, ३ भदौ । राष्ट्रिय सभामा दुई संसदीय समितिको फरक फरक प्रतिवेदन पेस गरिएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नेपाल नागरिकता दोस्रो संशोधन विधेयक २०८१ सम्बन्धी विधायन व्यवस्थाको प्रतिवेदन र राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्या सम्बन्धी अध्ययन प्रतिवेदन २०८२ पेस गरिएको अध्यक्ष नारायण दाहालले बताउनुभएको छ । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दहालले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नेपाल नागरिकता दोस्रो संशोधन विधेयक २०८१ सभा समक्ष पेस गर्नुर्भको छ ।

उक्त प्रतिवेदन पेस गर्दै उहाँले विधेयकका कुल आठ वटा दफामा प्रतिवेदनले ६ वटा दफामा संशोधन गरी विधेयकलाई थप परिमार्जन गरेको सभालाई जानकारी दिनुभएको छ । यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्या सम्बन्धी अध्ययन प्रतिवेदन २०८२’ पेस गर्नुभएको छ । सो प्रतिवेदनले विकास र संरक्षणका क्षेत्रमा देखिएका फरक धारणालाई साँघुरो पारी संरक्षण सहितको विकासलाई अघि बढाउन सहयोग पु¥याउने शर्माको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0