भक्तपुर । भक्तपुरको च्याम्हासिंहस्थित वागीश्वरी कलेजको पत्रकारिता तथा आमसञ्चार विभागको आयोजनामा गरेर सिक्न र सिकाउन अन्तराष्ट्रिय पत्रकारितासम्वन्धी २ हप्ते गोष्ठी मंगलवारबाट शुरु भएको छ ।
पत्रकारितासम्वन्धी अन्तराष्ट्रिय क्षेत्रमा भइरहेका अभ्यास, नयाँ पद्धति, पत्रकारिता कानुन, पत्रकारिता इतिहास तथा आचारसंहिता सम्वन्धि कार्यपत्रहरु २ हप्तासम्म जारी रहने पत्रकारिताका अध्यापक पूर्ण दुवालले बताए ।
मंगलबारबाट कलेजमा शुरु भएको गोष्ठीमा विभिन्न अध्येता विद्यार्थीहरुले कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ ।
गोष्ठीअन्तर्गत प्रत्येक दिन फरक फरक देशको पत्रकारिताको विषयमा कार्यपत्र प्रस्तुत गरिने कलेजले उल्लेख गरेको छ । गोष्ठीको पहिलो दिन जर्मनीको पत्रकारिताका इतिहास, कानुन र आचारसंहिताको कार्यपत्र प्रस्तुत गरिएको थियो ।
गोष्ठीको उदघाटन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसाईंले प्रेस स्वतन्त्रताको विषयमा युरोपियन देशहरुले वकालत गर्दै आए पनि गरिब निमुखा अनि मजदुर तथा किसानहरुको विषयमा लेख्न पश्चिमा मिडिया उति साह्रो स्वतन्त्र नभएको बताए । मिडियालाई पुँजीपति र व्यापारीहरुले प्रभावित पार्ने गरेको भनाइ उनको रहेको छ ।
नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारीले युरोपियन देशहरुमा पत्रकारसम्वन्धि अन्तराष्ट्रिय मुख्यालय रहेको र युरोपको पत्रकारिताबाट धेरै कुरा सिक्न सकिने बताए । नेपालमा प्रेस स्वतन्त्रतालाई कडाइ गर्न मिडिया काउन्सिलसम्वन्धि नयाँ व्यवस्थ ागर्न लागेकोमा उनले आपत्ति प्रकट गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

