Prithvi Post

४ कार्तिक २०८२, सोमबार

काठमाडौं, १० भदौ । हिन्दू नारीहरुको प्रमुख हरितालिका तिज पर्वको अवसरमा मंगवबार पशुपतिनाथको मन्दीरमा गएर दर्शन गर्ने श्रद्धालुहरुको घुइँचो लागेको छ । यस पर्वमा महिलाहरुले निराहार व्रत बसी पारिवारिक सुख र श्रीमानको दीर्घायूको कामना गर्दै पुजाआजा गरि मनाउने गरेका छन् ।

पशुपतिमा गएर महिलाहरुले दर्शन गर्नुका साथै नाचगान गरी रमाइलो गरेको पशुपति विकास कोषले जनाएको छ । भने यस पटक पशुपतिनाथ मन्दिरमा भक्तजनलाई गर्मीबाट बच्न कृत्रिम वाटर ड्रपलेट समेत सञ्चालन गरेको बताइएको छ । मन्दिरको पश्चिम ढोका अगाडि वाष्पीकरण गराइएको छ ।

अहिले परीक्षण गरिएको र पछि प्रभावकारी देखिए अरु बेला पनि प्रयोग गरिने कोषले जनाएको छ । विगतमा तीजको दिन महिलाहरू गर्मीले ढल्ने बेहोस हुने गरेपछि यो उपाय अपनाइएको कोषको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0