Prithvi Post

४ कार्तिक २०८२, सोमबार

काठमाडौं । पशुपति आर्यघाटमा जलाउँदै गरेको शवको हड्डी निकालेर किनबेच गरेको आरोपमा पक्राउ परेका चार जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । सर्लाहीको लालबन्दी नगरपालिका–२ घर भएका ४२ वर्षीय रामनन्दन ठाकुर, काभ्रेको मण्डनदेउपुरका ६१ वर्षीय गणेशप्रसाद भनिने जीवनाथ ढकाल, उदयपुरको कटारी नगरपालिका–८ का २४ वर्षीय विनायक मैनाली र सप्तरीको वलानबिहुल गाउँपालिका–६ का ४१ वर्षीय मिश्रीलाल यादव विरुद्ध सो मुद्दा दार्ता गरिएको बताईएको छ ।

प्रहरी वृत्त गौशालाले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा उनीहरूविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । चार जनालाई धर्मसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको जनाइएको छ । न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलामा उनीहरूको बयान भइरहेको छ । बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि पुर्पक्षका लागि कारागार पठाउने तथा साधारण तारेक वा धरौटीमा छाड्नेमध्ये एक आदेश आउने छ । राम शाहीको मृत्यु भएपछि २३ साउनमा सद्गद गर्न पशुपति लगिएको थियो ।

आर्यघाट सेवा केन्द्रबाट जिवनाथ ढकाल र उनका सहयोगी विनायक मैनाली सद्गदका लागि खटिएका थिए । आधा शव जल्दै गरेको अवस्थामा जिवनाथले टाउकाको हड्डी निकालेर विनायकलाई दिएको बताइएको छ । विनायकले उक्त हड्डी कपुरको बट्टामा हालेर रामनन्दन र उनको सहयोगी मिश्रीलाललाई दिएको बताइएको छ । यसरी उनीहरूले टाउकाको हड्डी बेचेको आरोप छ । मुलुकी फौजदारी अपराध संहिताको धर्मसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ ।

रामनन्दन, जिवनाथ र विनायकविरुद्ध संहिताको दफा १५७ ९१० को कसुर गरेको भन्दै मुद्दा दर्ता गरिएको छ । जसअनुसार कसैले सनातनदेखि अपनाउँदै वा चली आएको धार्मिक रिती–स्थितिमा जानी जानी बाधा पुर्‍याउन नहुने उल्लेख छ । यस्तो कार्य गर्नेलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था रहेको छ । यसैबीच, काठमाडौँ जिल्ला अदालतले पशुपति आर्यघाटबाट शवको हड्डी किनबेच गरेको प्रकरणमा पक्राउ परेका ४ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले बिहीबार उनीहरूलाई जनही १० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो ।

सर्लाही लालबन्दीका ४२ वर्षीय रामनन्दन ठाकुर, काभ्रेपलान्चोकको मन्डनदेउपुरका ६१ वर्षीय गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल, उदयपुरको कटारीका २४ वर्षीय विनायक मैनाली र सप्तरीको बलानबिहुल का ४१ वर्षीय मिश्रीलाल यादवविरुद्ध मुद्दा दायर गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0