Prithvi Post

४ कार्तिक २०८२, सोमबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभको कार्यान्वयन अघि बढाउन चीनसँग आग्रह गर्नुभएको छ । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति शि चिनफिङसँगको भेटवार्ताका क्रममा सो आग्रह गर्नुभएको हो । प्रधानमन्त्री ओलीले नेपालको विकासमा चिनियाँ सहयोग महत्वपूर्ण रहेको बताउँदै अहिले चीनसँगका अवरुद्ध नाकाहरु सञ्चालन गर्न पहल गरिदिन पनि आग्रह गर्नुभएको छ । भेटबार्ताको क्रममा चिनियाँ राष्ट्रपति शि चिनफिङले नेपाललाई भूपरिवेष्ठितबाट जमिनको माध्यमले ठूला बजारमा पहुँच विस्तार गर्ने देशको रुपमा विकसित भएको हेर्न चाहेको उल्लेख गर्नुभएको बताइएको छ ।

भेटकै क्रममा उहाँले व्यापारिक नाकाहरु खोलेर सुचारु गराउने कुरामा थप प्रतिवद्धता जनाउनुभएको पनि खतिवडाले बताउनु भयो । चीनमा नेपालको तर्फबाट ठूलो मात्रामा निर्यात बढाउन गुणस्तरीय कृषियोग्य वस्तुहरु, नेपालमा औद्योगिक विकास गर्नका लागि चीनको सहयोग रहनेमा विश्वस्त बनाउनुभएको बताउनु भएको छ। उहाँले भन्नुभयो, ‘नेपालका सम्माननीय प्रधानमन्त्रीज्युले चिनियाँ सहयोगले नेपालको विकासमा जुन योगदान गरेको छ, त्यसको म प्रशंसा गर्दछु, अहिले जुन नाकाहरु अवरोध भएका छन्, व्यापारिक नाकाहरु ति नाकाहरु छिटो खोल्नका लागि चिनियाँ सहयोगको अपेक्षा गर्दछु भन्नुभएको छ ।

बेल्ट एण्ड रोड इनिसिएटिभको कार्यान्वयनलाई हामीले अघि बढाउनुपर्छ भन्नेकुरा राख्नुभएको छ । चिनियाँ राष्ट्रपतिले त्यसलाई सम्बोधन गर्दै हामी नेपाललाई भूपरिवेष्ठितबाट जमिनको माध्यमबाट ठूला बजारहरुमा आवद्ध हुने देशको रुपमा विकास भएको हेर्न चाहन्छौँ भन्नुभएको छ । व्यापारिक नाकाहरु खोलेर सुचारु गराउने कुरामा थप प्रतिवद्धता जाहेर गर्नुभएको छ । चीनमा नेपालको तर्फबाट अलि ठूलो मात्रामा निर्यात बढाउन गुणस्तरीय कृषियोग्य वस्तुहरुको कुरा, नेपालमा औद्योगिक विकास गर्नका लागि चीनको सहयोग रहनेछ भन्नुभएको छ । अहिलेको एआई प्रविधि र सूचना प्रविधिमा चीनले सहयोग गर्दछ भन्नुभएको छ ।

सीमा व्यापारको सम्बन्धमा कुरा उठ्दा उहाँले अहिलेको अवरोध हटाउन चीन तयार छ भन्नेकुरा राख्नुभएको छ । बहुपक्षिय रुपमा हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध अघि बढाउने कुरामा नेपालको सहयोग रहनेछ भनिरहँदा नेपाल र चीनबीचको आर्थिक सम्बन्ध संस्थागत रुपमा अघि बढाउन संयन्त्र बनाएर अघि बढ्नुपर्ने भन्नुभएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0